एनआरएन जापानद्वारा प्रदान गरिने छात्रवृत्तीको नतिजा अगस्ट ५ मा प्रकाशित गरिने

प्रकाशित मिति:

टोकियो । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १ सय  जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम अगस्ट ५ तारिख  घोषणा  गरिने भएको छ । एनआरएनए जापानले, जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको  बढ्दो संख्यासंगै  देखिएका विविध समस्या तथा चुनौतीहरु   न्यूनिकरणमा अग्रसरता देखाउँदै छात्रावृत्ती कार्यक्रम संचालन गर्दैआएको छ ।

जापान  आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ , तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज र विश्वविद्यालय अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको महासचिव बुद्धि राज घिमिरे ले जानकारी दिनु भयो । यस अघि पनि यस्तै प्रकृया बाट ३० जना बिधार्थीले छात्रबृत्ती सेवा पाईसकेका छन्।यहि जुलाई १ तारिक सम्म आवेदन दिई प्रकृया पुरा भएका बिधार्थीहरुको नामावली छात्रवृत्तीको लागि एक बिशेस कार्यक्रम सहित घोषणा गरिने अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो। कार्यक्रम दिवा १३:००बजे हुने र आसागया स्थित साङ्ग्यो स्योको खाईखान(सुगुनामी कु आसागया मिनामी ३-२-१९) हुने छ।