प्रधानमन्त्री स्वरोजगार : चार लाखमा गोरेटो स्तरउन्नती

प्रकाशित मिति:

कौरव खत्री  बाग्लुङ्ग। बाग्लुङ्गको निसीखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ । गाँउपालिकाको वडा नं। ५ मा विनियोजन गरिएको चार लाख रुपैयाँको वजेटले बडावनखोला,मसलगाउँ,सिनखुंखण्डको करिव दुई किलोमिटर गोरेटो बाटोको स्तरउन्नती गरिएको हो ।गोरेटो बाटोको स्तरउन्नतीसँगै मसलगाउँ सिनखुं क्षेत्रका करिव ७० घरधुरीका स्थानीयबासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको समाजसेवी हेम सापकोटाले जानकारी दिए । विगतमा पहिले भारी बोकेर तलमाथि गर्न तथा गाईबस्तुलाई आवात जावत गराउन निकै गाह्रो रहेकोमा गोरेटो बाटो निर्माण भएपछि स्थानीयबासिन्दाहरुलाई अहिले निकै आवत जावतमा सहजता थपेको छ ।

साथै वडा समितिको निर्णय अनुसार मसलगाउँ क्षेत्रको बाटोको निकै समस्या देखेर केही काम सम्पन्न भएको हुदा वजेटको सिमितताले गर्दा बाँकी सिनखुं सम्मको गोरेटो बाटो पुर्‍याउनका लागि पर्ने निसीखोला गाँउपालिका ५ का वडाअध्यक्ष हर्कमान घर्ति मगरले बताए । निर्माण कार्यमा बेरोजगार फर्म भरी नामलिष्टमा नाम प्रकाशित भएका वडा भित्रका १ सय,१३ जना बेरोजगार युवा युवती मध्येको सहभागितामा उक्त गोरेटो बाटो निर्माण कार्य गरिएको थियो । उक्क्त गोरेटो १३ दिन लगाएर निर्माण गरिएको थियो भने उक्क्त कार्यक्रमको संयोजन गापा ५ का वडा प्रतिनिधि टंक प्रसाद पुन९तेजेन्द्र० ले गरेका थिए ।