गुल्मीका तीन खेलाडी प्रदेश सरकार बाट सम्मानित

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
24 Shares


बुटवल ,साउन ६ ।५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न विधाका उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ । आइ.टि.एफ., तेक्वान्दो, क्रिकेट, कराते लगायतका खेलकुद विधाका खेलाडीहरूलाई सम्मान गरेको हो । जसमध्ये गुल्मीका तीन खेलाडीहरू सम्मानित भएका छन् । खेलाडीहरूलाई ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नगद २५ हजार सहित प्रशंसा पत्रले सम्मान गरे । आई.टि.एफ. तेक्वान्दो विधामा चन्द्रकोट गाँउपालिका १ का नवराज खरेल र रूरू गाँउपालिका ४ बलेटक्सारका भुवन श्रेष्ठ सम्मानित भएका छन् । भने क्रिकेटतर्फ गुल्मीको सत्यवति गाँउपालिका जुहाङ्गका सागर ढकाल सम्मानित भएका हुन् । खरेल विगत १५ बर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हुने खेदकुद प्रतियोगितामा सहभागी हुदै आएका छन् ।

आगामी भदौ ८ देखि १४ सम्म बुल्गेरियामा हुने विश्व च्याम्पियन सिपमा नेपालको तर्फबाट सहभागी हुँदैछन् । खरेलले गुल्मीमा २०६६ देखि ०७० सम्म पाँच बर्ष तेक्वान्दो खेलको प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । हाल उनी ५ नम्बर प्रदेशको प्रादेशिक तेक्वान्दो संघका महासचिव तथा रूपन्देही जिल्ला प्रमुखको रूपमा कार्यरत छन् । तेक्वान्दो तर्फबाटै पुरस्कृत हुने श्रेष्ठ गत वैशाखमा सम्पन्न मुख्यमन्त्री कपमा स्वर्ण पदक जितेका थिए । उनी विगत पाँच बर्षदेखि खेलकुद क्षेत्रमा संग्लग्न छन् । त्यस्तै क्रिकेट खेलतर्फबाट सम्मानित हुने ढकाल पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी हुने गर्दछन् । यहि असारमा मलेसियामा भएको क्रिकेट खेलमा पनि सहभागिता जनाउनुका साथै वंगलादेश, भारत लगायतका देशमा भएका क्रिकेट खेलमा सहभागी हुदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या