दाङबाट ६१ किलो चरेससहित ५ जनालाई पक्राउ

प्रकाशित मिति:

दाङ – जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रबाट ६१ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार १० किलो चरेससहित २ जनालाई र शबिार ५१ किलो चरेससहित ३ जनालाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा शुक्रबार १० किलो चरेस पक्राउ गरेको र सोही आधारमा अनुसन्धान गर्दै जाँदा ठूलो मात्रामा चरेस बरामद भएको हो ।