थाइल्यान्डमा अलपत्र १० विद्यार्थीको उद्धार गरी नेपाल फर्काइयो

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
311 Shares

File

काठमाडौं– अध्ययनका लागि थाइल्यान्डको बैंकक पुगी अलपत्र परेका १० जनाको उद्धार गरिएको छ। बैंककस्थित नेपाली दूतावासले अलपत्र विद्यार्थीहरुको उद्धार गरेको हो। अलपत्र विद्यार्थीहरु काठमाडौं बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सलटेन्सीमार्फत बैंककको इन्टरनेसनल होटल एन्ड एअरलाइन्स बिजनेश स्कुलमा फुड एन्ड वेभरेज अध्ययनका लागि पुगेका थिए।

आफूहरुले सम्झौता अनुसार सेवासुविधा नभएको भन्दै दूतावासमा खबर गरेका थिए। दूतावासका अनुसार अलपत्र परेका १० मध्ये ३ जनालाई साउन १ गते र बाँकी ७ जनालाई साउन ३ गते उद्धार गरी नेपाल फर्काइएको छ। दूतावासले अब्रोड स्टडिमा जाने विद्यार्थीले आफू जाने मुलुक, त्यहाँको कानुन र विद्यालय वा कलेजबारे जानकारी लिएरमात्र जानुपर्ने बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या