विधेयक फिर्ता नलिए संसद चल्न दिदैनौ: देउवा

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
34 Shares


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले वर्तमान सरकारले प्रजातन्त्रमाथि प्रहार गर्न नछोडे आफ्नो पार्टी यसका विरुद्ध सडक संघर्षमा जान बाध्य हुने बताउनु भएको छ । वीपी स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको भन्दै मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक फिर्ता नगरे संसद बैठक अवरुद्ध पारिने स्पष्ट पार्नु भएको हो ।
‘अहिले ल्याइएको मिडिया काउन्सिल विधेयक र मानव अधिकार आयोग सम्बन्धि विधेयकलाई काग्रेसले पास हुन दिदैन’ सभापति देउवाले भन्नुभयो– यो विधेयक फिर्ता नलिए संसद चल्न पनि दिदैनौ र सडकमा जान पनि बाध्य हुन्छौं ।

कार्यक्रममा सभापति देउवाले वीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढेमा मात्र मुलुकमा समृद्धि आउने पनि बताउनु भएको थियो । सो कार्यक्रममा काग्रेस उपसभापति विमलेन्द्र निधिले बीपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने भन्दै विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनु भएको थियो । – नेपालसमाचार पत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या