कम्यु्निष्ट सरकारले राष्ट्रियता कमजोर बनायो : डा शेखर कोईराला

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
62 Shares


राधाकृष्ण डुम्म्रे । स्याङ्जा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा: शेखर कोईरालाले कम्यु्निष्ट सरकारले राष्ट्रियता कमजोर बनाउदै लगेकोे बताउनुभएको छ । स्याङ्जाको वालिङमा आयोजित विपिको ३७ औँ स्मृति दिवसका अवसरमा नेता कोईरालाले भन्नुभयो,  दुई तिहाईको कम्युनिष्टको नाम धारी सरकारले देशको राष्ट्रियता कमजोर बनायो । नेता कोईरालाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद खोक्रो देखिएको स्पष्ट पार्नु भयो उहाँले थप्नुभयो चाहे त्यो विषादीयुक्त तरकारी तथा फलफुलमा होस् चाहे सार्क सम्मेलनमा होस, ओलीको बोली खुकुलो भयो, यस्तो राष्ट्रबादको हामी किन तारिफ गर्ने । उहाँले कम्युनिष्ट सरकारको पछिल्ला गतिविधि देशलाई गम्भिर असर पार्ने खालको मात्र भएको दावी गर्नुभयो ।

कम्युनिष्ट सरकार हिँडेको बाटोले राष्ट्रलाई कमजोर बनाउने भन्दै अव कागे्रस जाग्नुपर्ने कोईरालाले बताउनुभयो । कम्युनिष्ट सरकार संविधान विपरित चलिरहेको भन्दै उहाँले भन्नुभयो, सरकारले वाक स्वतन्त्रता, मिडिया, मानवअधिकार, राष्ट्रिय सुरक्षा सबैलाई समाप्त पार्ने प्रयास गर्दैछ । सरकारका यस्ता संविधान विपरित क्रियाकलापले मुलुकको अस्मिता, सार्वभौमसत्ता माथि हमला गर्न खोजेको नेता कोईरालाको आरोप छ ।सरकारको गुठि विधयेक, वाईडबढी काण्ड, बालुवाटार जग्गा प्रकरण सबै राष्ट्रहित विपरित भएको भन्दै नेपाल बायुसेवा निगमलाई समेत सरकारले समाप्त पार्ने प्रयास गरिरहेको नेता कोईरालाको आरोप छ । प्रधानमन्त्री आँफै न्यायधिस, आँफै अख्तियार बन्न खोजेको भन्दै कोईरालाले भन्नुभयो, “रविन्द अधिकारी वाईटबडी काण्डमा निर्दोष हुनुहुन्छ भन्दै प्रधानमन्त्री हिड्नु भएको छ,उसो भए वास्तविक दोसी को हो त ” प्रश्न समेत सोध्नु भयो । दोषीलाई उन्मुक्ति दिने काम सरकारले गरेको भन्दै रेल र पानी जहाजको नाममा नेपालीलाई धेरै ऋणको भारी बोकाउने प्रयास भईरहेको नेता कोईरालाको भनाई थियो । पार्टीभित्र नेताको मुख हेर्दा कार्यकर्ता अगाडि बढ्न नसकेको भन्दै कोईरालाले भन्नुभयो, जससम्म तपाईँ नेताको मुख हेर्नुहुन्छ, तवसम्म अगाडि बढ्न सक्नुहुन्न । विपिको समाजवाद भनेको कोही भोको नरहने, उपचारबाट वञ्चित नहुने, बोल्न पाउने हो उहाँले भन्नुभयो,  यहाँ त प्रजातान्त्रिक समाजवादका मुलभुत सिद्धान्तलाई कुल्चिने कार्य भईरह्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया