संस्कार र सस्कृति नेपालीका अमुल्य सम्पत्ति हुन् : प्रदेश प्रमुख वावुराम कुवँर 

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
104 Shares


राधाकृष्ण डुम्रे-स्याङ्जा । गण्डकी प्रदेश प्रमुख वावुराम कुवँरले संस्कार र संस्कृति नेपालीका अमुल्य सम्पत्ति भएको बताउनु भएको छ । स्याङ्जाको छाङ्छाङ्दी छायाँछेत्र शिव मन्दिरमा सञ्चालन भईरहेको महायज्ञमा बोल्दै प्रमुख कुवँरले नेपाल संस्कार र स्कृतिमा धनी भएको धारणा समेत राख्नु भयो । प्रदेश प्रमुख कुवँरले संगत र कुसंगतले मानवीय जीवनमा गम्भिर प्रभाव पार्ने भन्दै राम्रो आचरण र व्यवहारको कारण मानव जीवन पल्लवित र फलित हुने स्पष्ट पार्नु भयो ।
देश र प्रदेशको शान्तीको कामना गर्दै आयोजना गरिएको महायज्ञमा आफू पनि शान्तीको कामना सहित उपस्थित भएको उहाँको भनाई छ । गण्डकी प्रदेशका विभिन्न धार्मिक तथा सांस्कृति क्षेत्र निक्कै महत्वपूर्ण रहेको बताउनु भयो ।  साउन महिनाको सोमवार पारेर छाङ्छाङ्दी छायाँछेत्र शिव मन्दिरमा दर्शन गर्न आउनु भएका प्रदेश प्रमुख कवँरलाई मन्दिर सेवा समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

छाङछाङदीमा रहेको छाँयाछेत्र शिव मन्दिरमा श्रावण महिनाभर शिव महाआरती भईरहेको छ । काठमाडौको पशुपतिनाथमा महाआरती गरिँदै आईएको छ भने स्याङ्जामै पहिलो पटक महाआरती गरिएको हो । सिद्धार्थ राजमार्गसंगै जोडिएको छाङछाङदी छाँयाक्षेत्र मन्दिरको महिमा मुलुकभर प्रचारप्रसार गर्ने उद्देश्यले शिव महाआरतीको आयोजना गरिएको हो । भगवान शिवसंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ ।  शिवमन्दिरमा श्रावण १ गतेदेखि ३२ गतेसम्म शिव महिमा र महाआरती हुनेछ । हरेक दिन बिहान पुजापाठ, दिउँसो संगीतमया शिवमहिमा वाचन र महाआरती साझमा गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो । टाढा टाढाबाट आउने भक्तजनहरुका लागि आवास सहितको व्यवस्था गरिएको छ भने सुरक्षा व्यवस्थाका लागि सिसि टिभि जडान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  सन्ध्याकालिन ७ देखि ८ सम्म शिव—महाआरती, प्रत्येक दिन सोमबार लक्ष्य दिप प्रज्जोलित, २० गते नागपञ्चमी विशेष पूजा, ३० गते जनै पुर्णिमा विशेष पूजा, ३२ गते यज्ञ समापन गरिने छ ।

मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिशुल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ती छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ । यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रावण सक्रान्ती, हरिशयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णाष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, लगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया