ट्रेड युनियन मार्फत मन्त्री बनेकाले बिरोध गर्न थालेः थापा

प्रकाशित मिति:

पुनहरि बेल्बासे ,भैरहवा, साउन ६ । नेपाल ट्रेड युनियनको सहयोगमा मन्त्री बनेका सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्तोलाले अहिले टे«ड युनियन खारेज गर्नु पर्छ भन्न थालेको नेपाल टेलिकम वर्कर्स समितिका केन्द्रिय उपमहासचिव जयबहादुर थापाले बताएका छन् । नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय कार्यलय भैरहवाको २८ औँ वार्षिक उत्सवमा बोल्दै थापाले यस्तो बताएका हुन् । नेपाल टेलिकम गम्भीर मोडमा आइसकेको बताउँदै अहिले सरकारले जीएसएम मोवाइलको नविकरण गरेको साढे ३ अर्ब रुपैँया नेपाल सरकारले बिना आधार तथा योजनामा माग गरेको प्रति उपमहासचिव थापाले खेद व्यक्त गरे ।

नेपाल टेलिकम आधिकारीक ट्रेड युनियनका केन्द्रिय सदस्य नन्दु कुमार बुढाथोकीले सरकारले कुनै पनि कार्य गर्दा बिना योजना, पूर्व तयारी नगरि नीति नियम बनाउन खोज्दा चुक्ने गरेको बताउँदै टेड युनियनको मागलाई सरकारले बेवास्ता गरेको बताए । नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक प्रतुल सरकारले ट्रेड युनियन र वर्कर्स युनियनले टेलिकमको हितमा रहने कार्य गरेमा टेलिकम अझ उचाइमा पुग्ने बताए । टे«ड युनियनले इमान्दारी पूर्वक काम गरेकोले कम्पनी नाफामा पुगेको आधिकारीक टे«ड युनियनका क्षेत्रीय अध्यक्ष मुक्ती प्रसाद भण्डारीले बताए । कर्मचारीलाई कामको आधारमा मूल्याङ्कन गर्नु पर्ने र योग्य व्यक्तिलाई तालिममा सिफारिस गरिनु पर्ने नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय कार्यालय भैरहवाका अध्यक्ष केदारनाथ आचार्यले बताए ।

कर्मचारी युनियनले इमान्दारी पूर्वक काम गरेका छन् भने आस्थाको आधारमा बढुवा गरिनु तथा विभिन्न तालिममा सिफारिस गर्न नहुने नेपाल टेलिकम भैरहवा शाखाका प्रमुख हरि प्रसाद पौडेलले बताए । वर्कर्स युनियनले आफ्नो वार्षिक उत्सवको अवसरमा रुपन्देहीको ओमसतिया गाउँपालिका २ पड्सरी स्थित पड्सरी आधारभूत विद्यालयका ६५ जना गरिब तथा विपन्न परिवारका बालबालिकालाई जनही १÷१ थान स्कुल ब्याग वितरण गरेको छ । भने साउन ३ गते नेपाल टेलिकममा आबद्ध कर्मचारीहरुबीच टेबल टेनिस, ५ गते मेमोरी टेस्ट र ६ गते म्युजिकल चेयर र घौटोफोर कार्यक्रम सम्पन्न गरेको सचिव शिव प्रसाद शर्माले जानकारी दिए । कार्यक्रमा नेपाल टेलिकम बुटवल शाखामा कार्यरत कर्मचारी नारायण पोखरेलका सुपुत्र प्रतिक पोखरेलले एसइइ २०७५ मा ३.९२ जिपिए ल्याएर उत्कृष्ट भएकोले सम्मान पत्र र नगदले सम्मान गरेको थियो । भने वार्षिक उत्सवको अवसरमा गरिएका विविध खेलका विजेता र उपविजेतालाई सम्मान गरेको थियो । कार्यक्रममा नारायण घिमिरेको स्वागत मन्तव्य र सचिव शिब प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।