ॐ सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र शान्ति मिल्छ !

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
12K Shares


शास्त्रले सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ । दिनभर थकानको अनुभव हुन्छ । त्यसैले दिनभरको थकान मेटाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी पाँच चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।

हनुमान चालिसा हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, त्रास र अहंकार हट्छ भने सपना समेत राम्रो देखिन्छ ।

जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुँ लोक उजागर॥
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ॥

फलामको उपकरण भुत–प्रेत, ऐठन हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।
भगवानलाई अर्पण गरिएको फूल</strongसुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठदुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ । मुलासिरानी मुनी राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ भन्ने विश्वास गरिन्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या