हज समितिको सर्हानीय कार्य, धन्यवादका पात्र बने हज समितिका अध्यक्ष शम्शेर मियाँ

प्रकाशित मिति:

इमरान खान काठमाडौ यसपालि नेपालको हज समितिले अति सर्हानिय कार्य गरेको छ । यसको विभिन्न उदाहरणहरु रहेका छन । आफनो देशको पहिचान बनाउनका लागी सिरमा टोपी र टोपीमा नेपालको झण्डा लगाई हाजीहरुलाई सउदी पठाएका छन । सर्वप्रथम त हज समिति यो बिषयमा धन्यवादको पात्र बनेको छ कि हज समितिका अध्यक्ष शम्शेर मियांको पहलमा तोकिएको १२०० जना हजयात्रीहरुको कोटालाई यथावत राखि थप ३०० जनाका लागि अतिरिक्त कोटा ल्याएर नेपाल अधिराज्यबाट १५०० जना हजयात्रीहरु पठाउन सफल भएको छ ।

यसका साथै यसपालि हज समितिको सक्रियता पनि सर्हानीय देखियो । जहां यस भन्दा पहिलाको हाजीहरुलाई पठाउन हज समितिले कार्यालय भित्र गरिने सहयोग बाहेक कार्य गरेको पाइएको थिएन । हजयात्री हरुको बिदाई गर्न पहिलो उडानका बेला एकाध हज समितिका सदस्य देखिए भने पनि त्यस पछि हराउथें । त्यही यस पटक हज समितिले सक्रियताका साथ हरेक उडानको बेला हज समितिका सदस्यहरु एयरपोर्टमा हाजीहरुको सेवामा खटिएको देखिएको छ ।

हरेक उडानका दिन सम्पूर्ण समितिले हाजीहरुलाई फुलमाला लगाइ बिदाई गरेको छ । हज समितिका सदस्य मेराज अहमद हिमालयले आफुनै लागेर हजयात्रुहरुको खाना बस्न व्यवस्थाको निगरानी गरेको र हाजीहरुको बसाइ रहेको काश्मीरी मस्जिदको सरसफाई आफ्नो उपस्थितिमा गराइ हिजो बांकेबाट जाने हाजीहरुको बिदाइ को सम्पूर्ण कार्यमा आफ्नो जिम्मेवारी पुर्ण रुपले प्रयास गरेको बताउनुभयो । हजयात्रीहरुलाई सहज होस भनी हज समितिका अध्यक्ष शम्शेर मियां आफै साउदी पुगी हाजीहरुको सेवामा खटिएको पाइएको छ । मियाँको निगरानीमा साउदी अरब स्थित हाजिहरु बस्ने होटलमा खाना देखि लिएर बस्ने सुबिधा सकेसम्म राम्रो होस भनि दिनरात एक गरेका छन । प्राप्त जानकारी अनुसार यसपाली साउदी सरकारले तैयार गरिएको मापदण्ड अनुसार एक कोठामा ३ देखी लिएर ४, ५ र ६ जना गरी हाजिहरुको बस्ने व्यवस्था मिलाएको छ भने गत वर्ष एक कोठामा ६ जना सम्म मात्र राखिएको खबर बाहिर आएको थियो । हज समितिले थप उल्लेखनीय कार्य यो वर्ष गरेको छ कि यस पालि महिलाहरुको सहयोगका लागि स्वास्थ्यकर्मी टोलीमा महिला स्वास्थ्यकर्मी पनि पठाइएको छ । साउदीमा हाजीहरुलाई कुनै पनि किसिमको समस्या आइपरेमा तुरून्त हज समितिको कार्यालयमा सम्पर्क गर्न समेत जानकारी गराएका छन ।