फिल्म ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति:

अभिनेत्री केकी अधिकारी र अभिनेता एवं गायक कोशिस क्षेत्रीको मुख्य भूमिकामा बनेको फिल्म ‘रातो गलबन्दी’को ट्रेलर रिलिज भएको छ ।रातो गलबन्दी’ फिल्मबाट अनिश थापाले निर्देशनमा डुब्यु गरेका हुन् । फिल्मको प्राड्युसर हिमाल कडारिया र दुर्ग बस्नेत रहेका छन् । कथा पनि हिमाल कडारियाकै रहेको छ ।

सुमन तामाङले छायांकन गरेको फिल्मलाई बान्डे प्रसादले सम्पादन गरेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा अधिकारी र क्षेत्रीको प्रेमको उतार चढाबलाई प्रस्तुत गरको छ ।फिल्म ‘रातो गलबन्दी’मा केकी अधिकारी र कोशिस क्षेत्रीसँगै बुद्धि तामाङ, हेमन्त बुढाथोकी, अर्जुन गुरुङ सम्रान्त थापा लगायत कलाकारले अभिनय गरेका छन् । फिल्म साउन १७ गते देखि प्रर्दशनमा आउँदै छ ।