जिपी कोईराला फाउन्डेसन र जनसम्पर्क समीतीको संयुक्त कार्यक्रम डालसमा सम्पन्न

प्रकाशित मिति:

अमेरीका । गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका र नेपालि जनसम्पर्क समीती अमेरिका डालस-फोर्टवर्थ च्याप्टर को संयुक्त अयोजना मा शुक्रवार, July 19,वेलुकी ५ बजे भेटघाट तथा अन्तरक्रिया कार्यक्रम डाल्लस, टेकसस स्थित Fish Tail  रेस्टुरेन्ट मा सफलता पुर्वक सम्पन्न गरेको छ।  यस कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा ने।का। पुर्व केन्द्रीय सदस्य सुरेश मल्ल, विशेष अतिथि ने।का। पार्टी कार्यलय पुर्व मुख्य सचिव, पुर्व सासंद, पुर्व सचेतक तथा गीरीजा प्रसाद कोइराला फाउण्डेशन केन्द्रीय संचालक समीती सदस्य डाक्टर शोभाकर पराजुली र अतिथी नेपाली काँग्रेस जिल्ला कोशाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङ्का कोशाध्यक्ष बाबुकृष्ण सापकोटा साथै टेक्सास स्थित नव निर्वाचित ल्च्ल् अमेरिका का सभापति सुनिल साह तथा स्थानिय सघं- सस्थांका पदाधिकारीहरु, वुद्वीजिवि, समाजसेवि, पत्रकार हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस कार्यक्रम को अध्यक्षता डालस- फोर्टवर्थ च्याप्टर का सभापति ज्ञानेन्द्र राज कार्की ले गर्नु भएको थियो भने यसै फाउण्डेसन का उपाध्यक्ष सुन्दर कर्मचार्य ले अतिथिहरुलाइ स्वागत गर्दै र यस फाउण्डेसन को उद्देश्य वारे आफ्नो मन्तव्य राख्नु भएको थियो। मन्तव्यकै क्रममा फाउण्डेसन का मानार्थ सदस्य भगवान मैनाली, अतिथि बाबुकृष्ण सापकोटा, ने।ज।स।स।अमेरिका का सस्थापक महासचिव कृष्ण लामिछाने, NRN अमेरिका का सभापति सुनिल साह, प्रवासी नेपाली मंचका झेत्रीय संयोजक भिम कार्की हरुले समसामयिक विषय मा आ-आफ्नो धारणा राख्नु भएको थियो। यस स्वागत कार्यक्रम मा ने।ज।स।स अमेरिका अधिकासं सदस्यहरु ले शिघ्र अधिवेशन को मागं गरेका थिए भने

बिषेश अतिथि नेपाली काग्रेसका नेता, पुर्व सांसद र पुर्व सचेतक डा शोभाकर पराजुलीले गीरीजा वावुले राष्ट्रको हितको लागि निर्भीक र निडरका साथ निर्णय गरेको इतीहास स्मरण गराउदै ‘आज देशमा उहाँ जस्तो नेताको खाँचो छ’ भने साथै यसै फाउण्डेसनको उद्देश्य को पनि स्पष्ट पार्नु भयो। प्रमुख अतिथि पुर्व मन्त्री तथा ने।का। पुर्व केन्द्रीय सदस्य सुरेश मल्ल ले अब हामी सबै कांग्रेस्सीहरु देश या विदेशमा गिरीजा वावु कै मुलमन्त्र सहकार्य, सहमति र एकता नै अङ्गीकार गरेर अघि बढन आग्रह गर्नु भयो। प्रमुख अतिथि ले नव निर्वाचित NRN-NCC America  का पदाधिकारीहरु लाइ बधाई दिदै तपाईंहरुको काँधमा ठुलो जिम्मावारी आएको छ र गिरिजा वावु कै मुल मन्त्र सहमति , सहकार्य र एकता गर्दै अघि बढन सुझाव दिनु भयो। यस भेटघाट तथा स्वागत कार्यक्रम यसै च्याप्टर का महासचिव दिनेश शर्मा ले संचालन गर्नु भएको थियो भने कार्यक्रम को अन्तयमा डा शोभाकर पराजुलीवाट लिखित पुस्तक ुुडेमोक्रेसी एण्ड सोसियलिNRN America र नेपालि जनसम्पर्क समीती अमेरिका डालस-फोर्टवर्थ च्याप्टर लाइ हस्तान्तरण गरिएको थियो।