मन्दिरमा जुता चप्पल बाहिर राख्नुको कारण यस्तो रहेछ

७ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
698 Shares

File Image

काठमाडौँ –कुनै पनि मन्दिर प्रवेश गर्नुपूर्व सवैले जुत्ता चप्पल बाहिरै खोलेर जान्छन् । उनीहरु धार्मिक स्थलमा प्रवेश गर्दा धर्म प्राप्ति हेतुले यस्तो गर्ने भए पनि यसको धार्मिक कारण पनि रहेको छ ।जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यो धातु पातालबाट आउने नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनका लागि माध्यम बन्छ ।मन्दिर परिसरमा चारैतर्फ ईश्वरीय प्रभावको फलस्वरूप सात्विकता र चैतन्यको वातावरण हुन्छ । यस्तो पवित्र वातावरणमा जुत्ता चप्पलले पातालको नकारात्मक ऊर्जा मन्दिरमा ल्याएर अपवित्र गराउँछ ।

जुत्ता चप्पलमा धूलो र हिलो पनि टाँसिएको हुन्छ । यस्ता धूलोका कणहरूले मन्दिरमा नकारात्मक ऊर्जा फैलाइदिन्छन् । जुत्ता चप्पल लगाउने व्यक्तिको मानसिक स्तर पनि एक विशेष प्रकारको स्थितिमा हुन्छ ।महंगो जुत्ता चप्पल लगाउने व्यक्तिमा एकखाले घमण्ड हुन्छ । हाम्रो समाजमा जुत्ताबाट धनी गरीब छुट्याउने पनि गरिएको छ । मन्दिरभित्र धनी र गरीबका बीचको फरक नछुट्टियोस् भन्नका लागि पनि जुत्ता चप्पल बाहिर खोलिएको हो ।

जुत्ता चप्पल बाहिरै खोल्दा हामी आफ्नो पहिचानजन्य अहंकारलाई पनि बाहिरै उतार्छौं र ईश्वरप्रति आफूलाई समर्पित गर्ने भाव बनाउँछौं । मन्दिरको वातावरण सात्विकताका कारण सधैं शीतल हुन्छ ।हामीले नांगो खुट्टाका साथ मन्दिरको प्रांगणमा प्रवेश गर्दा त्यो शीतलतालाई पूरै शरीरमा महसूस गर्छौं । यसले तन र मन दुवैमा शीतलता छाउँछ । यिनै आधारहरूका कारण मन्दिरहरूमा जुत्ता चप्पल लगाएर जान वर्जित गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा