दीपिकाको ठाउँमा भयो क्याटरीनाको इन्ट्री

प्रकाशित मिति:

एजेन्सी – सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन र हेमा मालिनी स्टारर फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक बन्ने भएको छ । यो फिल्ममा बलिउडको सुपरहिट जोडीमध्ये एक ऋतिक रोशन र क्याटरीना कैफको शीर्ष भूमिका हुनेछ ।पहिले यो फिल्ममा दीपिका पादुकोणले अभिनय गर्ने चर्चा चलेको थियो ।भारतीय मिडियाका अनुसार यो फिल्ममा पहिले दीपिका हुने भनिए पनि अब भने क्याटरीनाले अभिनय गर्ने भएकी हुन् । क्याटरीना र ऋतिकको जोडी चलचित्र ‘जिन्दगी ना मिले दोबारा’ मा पनि देखिएको थियो ।

उक्त फिल्ममा ऋतिक र क्याटरीनाको जोडीलाई धेरैले रुचाएका थिए ।खबरका अनुसार ‘सत्ते पे सत्ता’ को रिमेकमा को नायिका लिने भनेर निर्माण टिमले एक लिस्ट तयार पारेको थियो । निर्मातालाई पनि कुन नायिका लिने भन्नेमा दोधार थियो । अन्ततस् क्याटरीना नै यो फिल्मका लागि छनोटमा परेकी छिन् ।यो फिल्ममा इन्ट्री हुने भएपछि क्याटरीना पनि उत्साहित छिन् ।फिल्ममा ७ भाइको कहानी हुनेछ । अमिताभ बच्चनले जेठा दाइको भूमिका निभाएका थिए । उक्त भूमिकामा अब ऋतिकलाई देख्न सकिनेछ । अन्य कलाकार अझै चयन गरिएको छैन