सानुबाबु सिलवाल अमेरिका । अमेरिकामा एक दिनमै २ सय ३० लाख अर्थात २३ मिलियन विकासे कुखुराको खपत हुने गरेको तथ्य प्राप्त भएको छ । लोकल कुखुरा, रुस्टर कति खपत हुन्छ दिनमा त्यसको हिसाव किताब बेग्लै छ । झन्डै ४ लाखको हाराहारीमा दिनमा काटिदा रहेछन यि रुस्टर र लोकल कुखुरा एक दिनमा मात्रै। मतलब चिकेन बिनाको अमेरिकन फुड कल्पनै गर्न सकिँदैन पनि। यो त कुखुराको कुरा भयो। गाइ खाने मुलुक अमेरिका सबैको मुखमुखमै झुण्डिएको छ तर कल्पना गर्नुहोस अमेरिकामा गाइको मासु कति खपत होला त ?
हरेक घन्टा अर्थात प्रति घन्टा ४ हजार गाइहरु मारिन्छन मासुका लागि। २४ घन्टामा ९६ हजार देखि एक लाखसम्म गाइको घाटी रेटिन्छ । यो महिनामा झन्डै ३० लाखको हाराहारीमा हुँदा बर्षमा ३ करोड ६० लाख गाइहरुको प्राण पखेरु उड्ने गर्दछ सिर्फ मासुका लागि। बिफका परिकारका पारखीका भुँडीमा यति बिघ्न गाइहरु सिध्धिने रहेछन् । तर, बेलायतमा चाहीँ दिनमा ७ हजार गार्इहरु काटिँदा रहेछन् यसको मतलव २ लाख १० हजार महिनामा भनेपछि २ दशमलव ६ मिलियन अर्थात २६ लाखको हाराहारीमा गार्इ मासुका लागि कटुवामा पर्ने रहेछ। ११ करोड २१ लाख सुङ्गुर पिग काटिन्छन अमेरिकामा हरेक बर्ष। पिग, पोर्क, ह्याम,पेपरोनि, पोर्क चप, बेकोन, ससेजका स्वादका पारखिहरुलाइ सुङ्गुरबाट छुट्टै राख्न सकिदैन।
अमेरिकामा घोडा काट्न निषेध भएपनि झन्डै एक लाखको हाराहारीमा घोडा मार्न अन्य मुलुकमा पठाइने गरिएको छ वर्षमा। २५ हजार टन घोडाको मासु खपत हुन्छ अमेरिकामा। तर, मेक्सिकोमा ७८ हजार टन घोडाको मासु खपत हुँदो रहेछ। जिउँदो घोडा बाहिर पठाउने र बाहिरै कटाएर अमेरिका भित्र्याउने गरिन्छ। मासुका परिकार, खानाका परिकार, खाध्यान्नका फ्लेबर, पेयका फ्लेबर र फुडका परिकारका लागि अमेरिका सँसारकै उच्च मानिन्छ र हाइजेनिक पनि।