युएईमा ईद कप २०१९ फुटबल प्रतियोगिताको आयोजना

प्रकाशित मिति:

युएई । युएईमा ईद कप २०१९ फुटबल प्रतियोगिताको आयोजना आगामी अगस्ट ८ मा हुने भएको छ । फुटबल खेलका माध्यमद्वारा युवाहरूलाई एकत्रित पार्दै अनुशासित र गतिशीलताको उद्देश्य हेतु ईद कप(२०१९ फुटवल प्रतियोगिताु आयोजना गर्ने भएको छ युनाईटेड स्टार एफसि, दुवइको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा १२ टिमलाई मात्र सहभागी गराउने आयोजक ले जनाएको छ ।जसका लागि टिम दर्ताको प्रकृया पुरा भएको छ । टिम दर्ता शुल्क १५ सय दिहराम तोकिएको र खेल डल्सको खेल मैदान मा हुनेछ्। प्रतियोगिताको बिजयी टिमले नगद ५ हजार दिहराम सहित ट्रफी पाउने छ ।यस्तै, उपबिजेता टिमले नगद ३ हजार दिहराम सहित ट्रफी पाउने छ साथमा उत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक र उच्चगोलकर्तालाई पुरस्कृत गरिने छ्।