विप्लवलाई वार्तामा आउन गृहमन्त्री बादलको आव्हान

७ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा (वादल) ले नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हिंसाको बाटो त्यागेर वार्तामा आउन आव्हान गरेका छन् । मन्त्रालयलले २०७५/०७६ को बार्षिक प्रगति सम्पादन र आगामी कार्यदिशाबारे गृह मन्त्रालयमा आयोजित अन्तरक्रियामा वोल्दै विप्लव समुह सुरक्षाको मुख्य चुनौती भएको बताउँदै वार्तामा आउन आव्हान गरेका हुन् ।

शसस्त्र र नेपाल प्रहरीका प्रमुखसमेतलाई राखेर आयोजना गरिएको अन्तरक्रियामा गृहमन्त्री थापाले आफ्नो कार्यकालमा थोक सुन ल्याउने तस्करको जालो अन्त्य गरेको दावी समेत गरे । सुन तस्करीको समस्या केही हदमा कम भएको भन्दै अवको चुनौती मदिरा भएको उनले बताए । मदिराका कारण समाजमा अपराध बढेको बताउदै अव त्यसको व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताए ।

कन्चनपुरकी १३ बर्षीया वालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको भन्दै उनले गुनासो समेत गरे । ‘यो हत्याकाण्डमा गृहमन्त्रीलाईसमेत जोडेर राजनीतिकरण गर्न खोजियो, तर समय लागेपनि हत्यारालाई कारवाहीको दायरामा ल्याएरै छाडिन्छ’ गृहमन्त्री थापाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…