शहरी विकासमन्त्री राई द्वारा हाजीहरुलाई शुभकामना

प्रकाशित मिति:

इमरान खान/काठमाडौ – समाजवादी पार्टी नेपालका केन्द्रिय सचिव एवम नेपाल सरकारका शहरी बिकासमन्त्रि मोहम्मद इस्तियाक राई द्वारा हज गर्न जाने सम्पुर्ण हाजीहरुमा शुभकामना ब्यक्त गरेका छन । हाल हज गर्न जाने हाजहिरुको ब्यवस्थापनमा केही समस्या उत्पन्न भएकोले त्यसको गुनासो आएकोले त्यसलाई नेपाल सरकारले हल गरी हाजीहरुलाई हज गर्न जान सहज बाताबारण बनाएको समेत मन्त्रि राईले जानकारी दिए । बिगतका दिन देखि अहिलेको दिनमा हाजीहरुको बिश्वब्यापी प्रर्दशनीको रुपमा नेपालमा देखा परेकोले र बिश्वमा नेपाललाई चिनाउने सिरमा टोपी र टोपीमा नेपालको झन्डा लगाएर साउदीको मक्का मदिनामा पुग्नु भएका सम्पुर्ण हाजीहरु लाई समाजवादी पार्टि नेपालका युवा नेता अकरम पठानले पनि शुभकामना दिएका छन ।

त्यस्तै मन्त्रि ईस्तियाक राईका अनुसार हज समितिका अध्यक्ष शमशेर मियाँले अति नै महेनत गरी सम्पुर्ण हाजीहरुको सेवामा समर्पित रहेकाले उहाँ र हज समितिका सदस्य ज्युहरुमा पनि समाजवादी पार्टि नेपालको एबम मेरो ब्यक्तिगत तर्फबाट उहाँहरुलाई बिशेष धन्यबाद दिएका छन । बिगतका दिनमा जे भो त्यो समस्या आउँदा दिनमा आउन नदिने समेत बताएका छन । आउने दिनमा हज गर्न जाने सम्पुर्ण हाजीहरुको राम्रो ब्यवस्थापन , हज हाउसको छिटै निमार्ण गर्ने समेत मन्त्रि राईले प्रतिबद्दता गरेका छन । हाजीहरुलाई अझै सहज तरीका र राम्रो ब्यवस्थापन तथा हज हाउस समेत बनाउन नेपाल सरकारको तर्फबाट आफु पहल गर्ने समेत मन्त्रि राईले प्रतिबद्दता ब्यक्त गरेका छन ।