बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन

प्रकाशित मिति:

लण्डन – बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन भएका छन् । मंगलबार मध्यान्ह सार्वजनिक भएको मतपरिणाम अनुसार कन्जरभेटिभ पार्टीका कार्यकर्ताले जोहन्सनलाई बेलायतको प्रधानमन्त्रीमा निर्वाचित गरेका हुन् ।

पूर्वविदेश मन्त्रीसमेत रहेका जोन्सनले बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका हुन् । औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा कामचलाउ प्रधानमन्त्री टेरिजा मेले पदत्याग गरेलगत्तै भोलि बुधबार हुनेछ । जोहन्सन निर्वाचित हुने पक्का भएपछि शिक्षामन्त्री रहेका एन्ने मिल्टनले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा जोन्सन निर्वाचित भएको भन्दै संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ । उनीहरुले वेस्टमिन्सटरअघि नो टु रेसिज्म (जातियता अस्वीकार) नो टु बोरिस जोन्सन (बोरिस जोन्सन अस्वीकार) लेखिएका प्लाकार्डसहित विरोध गरिरहेका छन् । त्यसैगरी प्रधानमन्त्री बोरिस जोन्सन भएको भन्दै शिक्षा विभाग मन्त्रीले राजिनामा दिएकी हुन् । उनले जोन्सनको क्याबिनेटमा नबस्ने भन्दै जोहन्सनकै अघि राजिनामा बुझाएकी हुन् ।