जनता आवास कार्यक्रमको लापरवाहीका कारण तिन घर विस्तावित

प्रकाशित मिति:

एशिव शरण महत -भीरकोट जनता आवस कार्यक्रमको लापरवाहीका कारण भीरकोट नगरपालिका वडा न. १ अवस्थीत अलैचीखोलाका माझी वस्तीका तिन घर परिवारको विचल्ली भएको छ । माझी वस्तीका तिन घर जनता आवासले निर्माण गर्ने गरी २ वटा घरको विपिसी कसी राखेको र एक घरको जग खनेर मात्र महिनौ सम्म राखेको स्थानीय वासी वताउछन् ।भीरकोट नगरपालिकाका ४ वटा वाडमा जनता आवास घर निर्माण समिति गठन गरी जनता आवास अन्र्तगत ५० घरहरु निर्माण को लागी सम्झौता गरेका मध्ये केही घरहरु निर्माण सम्पन्न भएता पनि एक किस्ता समेत रकम नपाएर विचल्लीमा परेको जनता आवास घर निर्माण परिवारले वताए ।

अलैचीखोला टोल विकास समितिका संयोजक राजकुमारका अनुसार डिल वहादुर वोटेको जनता आवास कार्यक्रमले घर वनाउने क्रममा पुरानो घरको नजिकै नयाँ घरको जग खनी छोडी दिएको र वर्खाको कारण राती घर भत्कीयर यहीले उनीहरु घरवार विहिन मात्रै होईन सवै लत्ता कपडा र खाद्यान्न पहिरोले पुरी एक महिना देखी गतिलेरी खान र सुत्न समेत नपाएको नगरपालिकाले थाहा पाउन साथ नगर प्रमुख सहित राहत वोकी घट्ना स्थल पुगेको हो ।

जनता आवसले घर निर्माण गरीदिने भएपछी माझी वस्ती हर्षित थिए तर अहिले सम्म घर निर्माण नहुँदा नगरपालिका धाउन परेको पिडित पक्षले वताए । पिडित घरपरिवारको कुरा सुनी सकेपछी नगर प्रमुख छायाराम खनालले दुखी गरीव जनताको जनता आवासले समयमानै घर निर्माणमा चासो नदिएकोमा दुखी भएको भन्दै जनता आवासले घर निर्माण नगरे जनता आवासले निर्माण गर्ने प्रकारको घर नगरपालिकाले निर्माण गर्ने वताउदा विचल्ली पिडित परिवार खुसी भएका थिए ।नगरपालिकाले माझी वस्तीका डिल वहादुर वोटेको घर जरै देखी भत्कीएर एक महिना देखी घरवार विहिन भै विचल्लीमा परेकाले तत्काल राहतको लागी खाद्यान्नका सामाग्री र आवास निमार्णको लागी जस्तापाता प्रदान गरेको हो , थप अन्य क्षतीमा परेका घरहरुलाई आवश्यक अनुसारको राहत उपलव्ध गराउने प्रमुख खनालले वताउनु भयो ।