सामाजिक न्याय सहित समृद्ध समाज निर्माणले मात्र पुष्पलाल प्रति सच्चा सम्मान हुने: नेता न्यौपाने

प्रकाशित मिति:

डिलाराम भुसाल ,कपिलवस्तु नेकपाका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले समृद्ध नेपाल निर्माणको महान अभियानमा सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणमा जुटन सकेमा पुष्पलाल प्रतिको सच्चा सम्मान हुने बताउनु भएको छ । कपिलवस्तु इन्चार्ज समेत रहनुभएका न्यौपानेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रम लाई समोधन ग्रदै उक्त धारणा राखनु भएको छ ।

ईन्चार्ज न्यौपानेले कडा अनुशासनबाट मात्र सफलता प्राप्त हुन सक्ने तर्क गर्दै कम्युनिष्ट पार्टी कार्यकर्ताको पहिचान अनुशासन भएको बताए । कार्यक्रमका विशिष्ट अतिथी नेकपा कपिलवस्तुका सह इन्चार्ज बिमला घिमिरेले जातिय विभेद, समाजका विकृती, विसंगती, कुसस्कारका विरुद्ध निरन्तर आफुलाई अब्बल सावित गर्नुहुने सरल, सादा जीवनका धनी पुष्पलाल रहेको चर्चा गदै सामान्तवादी चिन्तनबाट कम्युनिष्ट कार्यकर्ता मुक्त हुनुपर्ने बताउदै नेता घिमिरेले पुष्पलालले देखेको कम्युनिष्ट एक हुने सपना पुरा भएको बताउनु भएको छ । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले नेपाली समाजको सकारात्मक रुपान्तरणमा पुष्पलालले खेलेको भूमिकाबाट कम्युनिष्ट कार्यकर्तामा सादा जीवन उच्च विचार प्रति सधै शक्ति प्राप्त हुने बताउनु भएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्यहरु जनी बन्जाडे, बालकराम बुढा, कृष्ण पौडेल, प्रभा पौडेले मन्तब्य राख्नु भएको थियो । ४१ औ पुष्पलाल स्मृती दिवसका अवसरमा जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपानेले नेकपा वाणगंगा नगर वडा नंं ८ को पार्टी कार्यालयको उदघाटन गर्नु भएको छ । कार्यालय उद्घाटन वडा नं.८का वडा कमिटी अध्यक्ष प्रेम बहादुर विकको अध्यक्षता, वडा सचिव दुर्गा आचार्यको संचालनमा सम्पन्न भएको नेकपा बाणगंगाले जनाएको छ । दिवसकै अवसरमा वोडगाउँमा रहेको मायादेवी रंगशालामा जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपानेले अशोकको विरुवा रोपेर वृक्षा रोपण कार्यको शुभारम्भ गर्नु भएको र रंगशालामा अशोक, स्वामीका एक सय बढी विरुवा रोपिएको नेकपा कपिलवस्तुले जनाएको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, सचिव विष्णु शाहको संचालन र नगर कमिटी अध्यक्ष विश्व कार्कीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला नेता, कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिती रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले बताउनु भएको छ ।