निजि क्षेत्रसँगको सहकार्यमा दक्ष जनशक्ति उत्पादन–मन्त्री बराल

प्रकाशित मिति:

बुटवल –प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले नेपालमा शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउँदै उँनले निजी क्षेत्रसँगको सहकार्यमा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए ।प्रदेश सरकारले अहिले प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने बताउँदै उनले नर्सिग क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।

देउराली जनता प्राविधिक शिक्षालय तथा पश्चिमाञ्चल बिज्ञान प्रतिष्ठानले बुटवलद्धारा मंगलबार बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान तथा बिदाई कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बरालले निजी क्षेत्र र सरकारी लगानीमा दक्ष जनशक्ति उत्पादनमा लाग्नु पर्नेमा जोड दिए । देउराली जनता प्राविधिक शिक्षालयले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको चर्चा गर्दै उनले आगामि दिनमा थप दक्ष जनशक्ति उत्पादन गर्न सुभकामना दिए ।

कार्यक्रममा देउराली जनता प्राविधिक शिक्षालय तथा पश्चिमाञ्चल बिज्ञान प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रकाश रानाले २०६४ सालदेखि यस प्रतिष्ठानले बुटवलमा रहेर प्राविधिक शिक्षा प्रदान गर्दै आएको बताउदै संस्थाले हाल सम्म ३५० जना नर्स , २०० कृषि भेटनरी , ३० जना ल्याबटेक्निसिय उत्पादन गर्न सफल भएको जानकारी दिए ।प्राबिधिक तथा स्वास्थ्य शिक्षा अझैसम्म पनि महँगो भएकोले गरिब जनताका छोराछोरीको पहुँच पुग्न नसकेको भन्दै अध्यक्ष रानाले प्राविधिक शिक्षालाई गरिव तथा बिपन्न घर परिवारका छोरा छोरीहरुको पहुँचमा पु¥याउन राज्यले सहुलियत दिनुपर्ने आवस्यकता औल्याए ।देउराली जनता प्राबिधिक शिक्षालयका विद्यार्थी प्रतिमा बज्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रादेशीक अस्पताल बुटवलका मेट्रोन दुर्गा पौडेल , ल्याबोरेटरी एसोशियनका केन्द्रीय सदस्य गुणनीधि खनाल ,पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलका क्याम्पस प्रमुख उपेन्द्र अर्याल,देउराली जनता प्राविधिक शिक्षालयका निमित्त क्याम्पस प्रमुख प्रभा थापा,चन्दा कार्की,लक्ष्मी पन्त,बसन्ता न्यौपाने,प्रकृति लामिछाने,उपेन्द्र यादव लगायतले बोलेका थिए ।