व्यवसायीलाई कर शिक्षा व्यवहारीक कर प्रणाली बनाउन माग

७ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
19 Shares


श्रीकृष्ण सिग्देल स्याङ्जा नेपाल सरकारले व्यवस्था गरेका वर्तमान कर÷राजस्व नीति तथा व्यवस्थाको सन्दर्भमा व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । श्रावण १ गते देखि सरकाले भीटिसिएस कर प्रणाली लागु गरेपछि अन्योलमा रहेका व्यवसायीलाई कर शिक्षा मार्फत जानकारी गराइएको हो । अनलाईन सिस्टमबाट कर असुली गर्ने प्रणालीको विकास सगै वालिङका व्यवसायी अन्योलमा पर्दै आएका थिए । एक हप्ता अगाडी वालिङ उद्योग वाणिज्य संघले यो प्रणालीलाई विस्तारै लागु गर्न आग्रह गर्दै विज्ञप्ती मार्फत समेत सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

वालिङ उद्योग वाणिज्य संघको आयोजना र आन्तरीक राजस्व कार्यालय पोखराको प्राविधिक सहयोगमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको थियो । अधिकांश व्यवसायीले सरकारले लागु गर्न खोजेको कर प्रणाली व्यवहारीक नभएको गुनासो गरेका थिए । व्यवसायीहरु सरकारलाई कर तिर्न उत्सुकता भएपनि झन्झटीलो परिपाटीले गाह्रो हुने गरेको व्यवसायीहरुले बताएका थिए । सहज र सरल प्रणाली लागु गर्न सकेमा साना व्यवसायीलाई करको मुलधारमा ल्याउन सहज हुने उनीहरुले बताएका थिए । व्यवसायी पुराना तर करको कानुन नयाँ आउदा कर प्रणाली अत्यन्तै झन्झटिलो महशुष भएको सहभागी व्यवसायी टिकाराम डुम्रेले बताए ।

सयौको संख्यामा सहभागी भएका व्यवसायीले उठाएको जिज्ञासाको उत्तर आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले प्रदान गरेका थिए । सरकारले ल्याएको कर प्रणाली अत्यन्तै सरल छ, तर व्यवसायी कर कार्यालय सम्म पुग्नै चाहानु हुदैन उप्रेतीले भने,“विचौलियाका कारण कर प्रणाली झन्झटिलो महशुष भएको होला ।” खरिद र बिक्रिको हिसाब किताव राम्रो सगँ राखेर आएको फाइदाको कर तिर्न किन बिचौलियाको प्रयोग गर्ने उप्रेतीले व्यवसायीलाई भने । बर्षकोएक पटक कर कार्यालयमा गएर आफ्नो खाता हेर्ने परिपाटीको बानी बसाल्न सक्ने हो भने कर के हो भन्ने सबैलाई थाहा हुने उप्रेतले बताए । अब किन्नेले पनि विल लिने र बिक्रि गर्नेले पनि विल दिने काम गर्नु होला उप्रेतीले भने,“किन्ने र खरिद गर्ने दुवैले बिलको कारोवार नभएमा दुवैलाई सजायको व्यवस्था छ ।”

त्यसैले अनिबार्य खरिद बिक्रिमा विलको प्रयोग गर्न नछुटाऊ कर प्रमुख उप्रेतीले सहभागीलाई सुझाए । कर शिक्षा कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कर तिर्नु नागरिकको दायीत्व भएको बताए । कर प्रणालीको कानुनलाई सरल र जनताले बुझ्ने खालको हुनुपर्ने सुझाव खाँणले दिए । बाह्रय सामाग्री खरिद गरेर राष्ट्रवादी नहुने बताउदै नगर प्रमुख खाँणले स्वदेशमै उत्पादन र स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न सरकार सगँ माग गरे । मुलुकमै उत्पादन गर्ने उद्यमी राष्ट्रवादी हुने संज्ञा दिदै नगर प्रमुख खाँणले भारत र चिनलाई गाली गरेर राष्ट्रवादी नहुने जिकिर गरे । मुलुकको आर्थिक आय बढाउन स्वदेशमै उत्पादनको खोजी हुनुपर्ने सुझाव खाँणको थियो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, उपाध्यक्ष गिरमान गुरुङ्, महासचिव धु्रवविक्रम खाँण लगायतका व्यवसायी नेताहरुले सबै व्यवसायीलाई कर तिर्ने प्रणालीका बारेमा बेला बेलामा छलफल हुनुपर्ने बताएका थिए । सहजै तिर्दै आएका व्यवसायीलाई एकै चोटी झन्झटिलो व्यवस्था लागु गर्दा व्यवसायी शसंकित हुन पुगेको उनीहरुले बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृतक र बिदेसबाट आउने नेपालीबारे – डा रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा