नवलपुरका युवाहरू बाख्रापालन तर्फ आकर्षित हुँदै

प्रकाशित मिति:

निशा भण्डारी-नवलपुर रोजगारिको लागि युवाहरु विदेश पलाएन भइरहेका बेला जिल्लाका युवाहरू बाख्रा पालन व्यवसाय तर्फ आकर्षित भएका छन् । बाख्रापालन ब्यवसायबाट स्वदेशमै स्वरोजगार हुन सकिन्छ भन्ने उदाहरण यहाँका युवाहरूले प्रस्तुत गरेका हुन । नवलपुर जिल्लाको हुप्सीकोट गाँउपालीका– ४ शंखदेवका युवा सुरज सापकोटा र खगेन्द्र भुर्तेल बाख्रापालन व्यवसायबाट नवलपुर जिल्लामै उदाहरण बन्न सफल भएका छन्।

वि।स। २०७६ सालबाट यी दुई युवाहरुले रु २० लाख लागानी गरेर साझेदारीमा शंखदेव युवा कृषि प्रा।लि।को स्थापना गरे । जसमा स्थानीय जातको र बोएर जात लगायतका ७० बाख्रा पालेका छन् । करिव १० कठ्ठा जग्गामा खोर बनाएर बाख्राको ब्याबस्थापन गरिएको छ भने तिन विगा जग्गा लिजमा लिएर घाँस लगाएका छन् ।यी दुई युवा शिक्षित हुन् तर पनि काम सानो ठुलो हुदैन भन्ने मान्यता यीनिहरुमा रहेको छ । ४ वर्ष सम्म विदेशमा दु।ख झेलेको सम्जिदै खगेन्द्र भुर्तेल भन्छन ‘यो दु।ख स्वदेशमानै गर्छु, यत्तिको दुख स्वदेशमानै गरियो भने केहि गरिन्छ भनेर स्वदेश फर्केर यो पेशा अँगाले।’ त्यस्तै भुर्तेलसँग साझेदारी गर्ने सुरज सापकोटा भने शिक्षक पेशाको जागीर छाडेर आफै मालिक हुन्छु भन्दै आफ्नै व्यवसाय शुरु गरेको बताउछन् ।

 

स्वदेशमानै केहि गर्छु भन्ने दुवैको विचार मिलेपछि यो पेशा अङ्गालेको उनिहरुको भनाई छ । पछिल्लो समय विदेशिने युवाहरुलाई मेहनत गर्ने हो भने स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने दुई जोसिला युवाहरुको अठोट छ ।

सरकारले हाल कृषि क्षेत्रलाई अनुदानको व्यवस्था गरेको छ । जस्ले गर्दा राम्रो लाभ लिन पनि सकिन्छ । तर यी युवाहरु अहिले उनिहरुको सोच नयाँ र काम सुरुवाती अवस्थामा रहेतापनि भविष्यमा निकै लाभ लिने लक्ष्यका साथ होमिएका छन् । यसरी अहिलेको अवस्थामा हजारौ युवा रोजगारीका लागि विदेश पलायन हुने गरेको बेला समाजमा आय–आर्जन गर्न एउटा गतिलो उदाहरणीय कृषक बनेकोमा खुशी लागेको सुरज सापकोटा बताउछन्।उनि भन्छन ‘आफु स्वरोजगार बन्छु र गाउँमै अन्य युवाहरुलाई पनि रोजगारीको सिर्जना गर्छु।’ सापकोटा र भुर्तेलको व्यवासयलाई देख्दा आफुलाई पनि स्वदेशमै केहि गर्नुपर्छ भन्ने हौसला मिलेको स्थानिय राजु सापकोटाले बताए । गाउँमै यस्तो ब्याबसाय गरेर मालामाल भएको देखेर अन्य युवाहरु पनि गाउँमा अन्य पेसा ब्याबसायको खोजीमा लागेका छन्।