अर्घाखाँचीको भुवनपाटामा पहिरो, ५ घर उच्च जोखिममा

प्रकाशित मिति:

अर्घाखाँची –अर्घाखाँची गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको भुवनपाटामा माथि भिरबाट आएको पहिरोका कारण ५ घरपरिवार उच्च जोखिममा परेका छन्। एक साता देखी निरन्तर पहिरो खसेपछी स्थानिय पुर्णकला गुरुङ , चन्द्रकला बुढाथोकी, अनिता क्षेत्री , गणेश थापा , हरि घिमिरेको घर उच्च जोखिममा परेको हो। अहिले पहिरोका कारण उच्च जोखिममा रहेका ५ घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको सितगंगा २ का वडा अध्यक्ष गोबर्धन थापाले बताए।

घर माथिबाट आएको पहिरोले स्थानिय शान्ता बिकको घर र पसल पुरेर ५ लाख बराबरको क्षति पुर्‍राएको छ। घर माथिबाट पहिरो आएपछी घरभित्र रहेकी शान्ता बिकले भागेर ज्यान बचाएकी थिईन्। उनले गहभरी आँसु झार्दै भनिन्, ‘एक्कासी घरमाथिबाट पहिरो आयो, छिमेकीले पहिरो आयो मान्छे घर भित्र छ भने बाहिर निस्क भनेर चिच्चाएको सुनेर दौडेर बाहिर निस्के मत बाचे तर हेर्दा हेर्दै घर पुर्यो। अहिले न बस्नलाई आफ्नो घर छ।’