पुग्यो बर्ष दिन तर पाहिनिन न्याय

८ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
207 Shares


बिपीन नेपाल – नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । जुन आज भन्दा ठिक एक बर्ष अगाडि कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि सं २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो भने नेपाल प्रहरिले अहिले सम्म पनि कुनै अपराधी पता लगाएको छैन आखिर किन प्रमाण भेटेको छैन भने हो भने ? खै कपडा ? निर्मला पन्तको शवमा रहेको कपडा घटनास्थलमा पुगेकी महिला प्रहरीले झिक्छिन्। जमेको पानीमा चोपल्छिन् र शवको गुप्ताङ छोपिदिन्छिन्। सामाजिक सञ्जालमा निकै भाइरल भएको यो भिडियोमा देखिएकी पात्र थिइन् प्रहरी जवान चाँदनी साउद। जस्मा निर्मलाको शवमा रातो रंगको पेन्टी, टिसर्ट तथा सुरुवाल भिडियोमा देखिन्छ। तर अहिले प्रहरीसँग शवबाट बरामद भएको कपडा नै छैन। कहाँ बेपत्ता भयो कपडारु किन लुकायो प्रहरीले शवबाट बरामद कपडा ?

नक्कली प्रमाण ? निर्मला साउन १० गते हराएकी थिइन्। त्यसको भोलिपल्ट उनको लाश भेटिएको थियो। घटना भएको २६ दिनपछि भदौ ४ गते घटनास्थल वरपरबाट थप बरामदी सामान फेला पार्छ। यसले घटनास्थलको पका मूल्याङ्कनसमेत गर्न प्रहरी चुकेको देखिन्छ। त्यसको चार दिनपछि प्रहरीले त्यसलाई परीक्षण गर्न काठमाडौँमा पठाउँछ प्रहरीको विधि विज्ञान प्रयोगशालामा। पठाउँदाको पत्रमा लेखिएको हुन्छ अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्री वस्त्र र खैरो रंगको जिन्स हाफपाइन्ट परीक्षणको लागि पठाइएको छ।तर त्यसको दुई दिनपछि प्रहरीले अर्को पत्र पठाउँछ। चलानी नम्बर ६४६ र ६४९ नम्वरको पत्रमा अघिल्लो पत्रमा ‘सेण्डो गञ्जी’ मात्र लेखिनु पर्नेमा ‘निलो रंगको सेण्डो गञ्जी’ भएको तथा ‘हाफपाइन्ट’ मात्र हुनु पर्नेमा ‘खैरो रंगको हाफपाइन्ट’ लेखिएकोले सच्याउन अनुरोध गरिएको हुन्छ।त्यसैगरी प्रहरी नायब निरीक्षक हरसिंह धामीले प्रहरीले अभियुक्तका रुपमा खडा गरेको दिलिपसिंह विष्टले शौचालयमा हस्तमैथुन गरेको र शौचालयभित्र पानी नभएकोले हातमा वीर्य लगाएर आएको थियो भन्ने बयान दिएका छन्। के हस्तमैथुन गरेको वीर्य लागेको कपडा बरामदी सामानका रुपमा साट्न खोजिएको थियो ?

जघन्य अपराध जस्तो विषयको बरामदी सामानको मुचुल्कामा प्रहरीको यस्तो लापरवाही कसरी हुन गयो ? प्रयोगशालामा पठाइएको कपडाको नमूना प्रहरीले घटनास्थलबाट बरामद गरेको दावी गरेको थियो। तर स्थानीयबासीको दावी भने फरक छ। उनीहरु प्रहरीले ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरिसकेपछि उसको घरबाट ल्याएको बताउँछन्। सिंहका छिमेकी दिपेन्द्र मडैले सरकारले गठन गरेको छानविन समितिको बयानमा भनेका छन्, घरबाट कपडा च्यातेर लगेका छन्। यससम्बन्धमा स्थानीय भनाइ । कसलाई बचाउन प्रहरीले नक्कली अभियुक्त खडा गर्दै नक्कली प्रमाणहरु जुटाउनतर्फ अग्रसर भयोरु सामाजिक संजाल को जानकारीअसोज १० गते संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाको जवाफ आयो। प्रहरीले शवबाट झिकिएको कपडा जलायो। कसले भनेर जलायोरु किन जलायोरु को हो त्यो पात्र जसलाई बचाउन प्रहरीले प्रमाणै नष्ट गर्दै यति ठूलो जोखिम मोल्यो रु किन बचाउन खोजियो रु के हत्यामा कुनै ठुला मान्छेको हात छ रु कि कुनै ठूलो प्रहरीको रु आखिर कहिले पाहुनेत पीडित परिवारले न्याय ?

म सोधन चाहान्छु ,कुकुर किन प्रयोग गरिएन ?  घटनास्थलमा तत्काल कुकुर प्रयोग गर्न सकिने अवस्था थियो। तर के कारणले कुकुर प्रयोग नगरिएको होरु के कुकुरले अपराधीको देखाउँछ भनेर तर्सिएका हुन् त नेपाल प्रहरी ? निर्मला पन्त बलात्कार र हत्याकाण्ड भएको एक बर्ष सम्म गोप्य राखिएको निर्मला हत्याबारे छानबिन समितिको प्रतिवेदन अपराधीको छेउछाउसमेत पुग्न सकेको छैन। तर सबै हत्याकाण्ड अध्ययन र विश्लेषण गर्ने हो भने देखिन्छ, प्रतिवेदनले एउटा शक्तिशाली व्यक्तितर्फ स्पष्ट संकेत गरेको छ। यो त्यस्तो शक्तिशाली व्यक्ति हो जसका लागि प्रहरी भएका प्रमाण प्रमाण नष्ट गर्दै हिँड्छ र नष्ट गर्न पछि पर्देन , नक्कली अभियुक्त खडा गरी नक्कली प्रमाण बनाउँदै हिँड्छ। शंकास्पदलाई बचाउन प्रमाण जुटाउँदै हिँड्छ आखिर किन ? हत्या को दोषीलाई पक्राउ नगरेकाले जस्मा स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागी थप एक युवकको समेत ज्या गुमाएका थिए । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । जस्मा छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियो ।  आखिर कहिले पाहुने न्याय रु बालिका निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्नु, निर्दोष ब्यक्तिलाई यातना दिई अपराध कबुल गर्न लगाउनु, बालिका हराएको सूचना दिन जांदा खेरी बालिका खोजतलास गर्ने तर्फ चासो नराखी उल्टै पिडीत ब्यक्तिलाई हप्काउनु, घटनास्थलको मुचुल्कामा मृतक बालिकाकी बाबुको किर्ते दस्तखत गर्नु, शव फेला परेको स्थान र आसपासको क्षेत्रमा जानीजानीकन पनि सुरक्षा ब्यवस्थापन र तालिमप्राप्त कुकुर प्रयोग नगर्नु, शंकास्पद बम दिदी बहिनीको घरलाई तुरुन्तै छानबिनको दायरामा नल्याईनु आदि प्रहरीको चरम लापरबाही हो भन्ने कुरा त उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनले स्पष्टै पारिसकेको अवस्था छ । जानीजानीकन पनि प्रहरीनै जब अपराधीलाई लुकाउने र बचाउने कोशिश गर्छ भने त्यो भन्दा ठूलो अपराधनै अरु के हुन्छ र रु अपराधीलाई बचाउने पनि एक किसिमले अपराधी सरहनै हुने हुंदा अरु ढिला नगरी यस घटनामा परोक्षरुपमा संलग्न एसपी, प्रहरी अधिकारीहरू, वडा प्रहरी लगायत शंकास्पद बम दिदी बहिनी र मृतक बालिकाकी मामा भनाउंदो ब्यक्ति समेतलाई थुनामै राखेर कार्वाही गरे मात्र वास्तविक अपराधी पत्ता लाग्न सक्ने सम्भावना देखिन्छ नत्र उही पोखराको नमिता सुनिता हत्याकांड जस्तै दुर्गति नहोला भन्न सकिँदैन । अन्त्यमा आखिर कहिले आउँछ हाम्रो देशमा न्याय मुहार बालिका निर्मला प्रति हार्दिक श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारमा हार्दिक समवेदना

फेसबुकबाट तपाईको प्रतिक्रिया