बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, दुई घाईते

प्रकाशित मिति:

गोकर्ण दयाल/बैतडी – बुधवार बिहान बैतडीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको गरेको ग १ ज ५२२४ नम्बरको रातो प्लेटको बोलेरो जिप बुधवार बिहान ४ बजे बैतडीको पाटन नगरपालिका ८ स्थित आरुबाट भीरमा खसेको हो ।

दुर्घटनामा ईश्वर नागारीको मृत्यु भएको छ भने हिक्मत साउद र पुष्कर नागारि घाईते हुनु भएको छ । घाईते मध्ये पुष्करको अवस्था गम्भीर रहेको छ । प्रहरीले घाईतेको उद्धार गरी डडेल्धुरा अस्पताल पर्याएको छ । जिपमा सवार तिनै जाना दार्चुलाको महाकाली नगरपालिका ९ दत्तूका रहेको प्रहरीले जानकारी दिएको छ । जिप आरुबाटा भिरमा करिब पाँचसय मिटर तल खसेको छ । दुर्घटाना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पाटनमा इन्सपेक्टर गिन्द्र बोगटीले जानकारी दिनुभयो । – गोरखापत्र