सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान

प्रकाशित मिति:

काठमाडौं – सशस्त्र प्रहरी बल र अमेरिकी सेनाले प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदान प्रदान गरेका छन् । काठमाडौंको चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रशिक्षणमा दुई देशका सुरक्षाकर्मीले प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदान प्रदान गरेका हुन् । भेलामा दुवै देशका गरेर करिब १८ जना सुरक्षाकर्मी सहभागी भएका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच यसअघि पनि विपद् व्यवस्थापनका सन्भर्दमा संयुक्त ज्ञान आदान प्रदान भएको थियो । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा आयोजित अभ्यासमा दुर्घटनाका घाइतेहरूको मूल्याङ्कन, च्यापिएर घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी नियम, विपद् दुर्घटनाको परिदृश्य, र गम्भीर घाइते बिरामीहरूको उपचारको वर्गीकरण लगायतका विषयमा दुई देशका सुरक्षाकर्मीबीच अनुभव आदानप्रदान भएको थियो ।

तस्वीर सौजन्य– नेपालस्थित अमेरिकी दूतावास