१५ दिने फेसन डिजाईन सिलाई तालिमको समापन

प्रकाशित मिति:

भरतपुर – घरेलु तथा साना उद्योग कार्यालयको आयोजना एवं चितवन उद्योग संघ सहयोगी संस्थाको रुपमा रही सञ्चालित १५ दिने फेसन डिजाईन सिलाई तालिमको समापन गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रमेशकुमार कर्माचार्य, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल, महिला उद्यमी तालिम तथा प्रवर्धन समितिका निर्देशक सुमित्रा पौडेल, संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै महिला उद्यमी तालिम तथा प्रवर्धन समितिका निर्देशक सुमित्रा पौडेलले यस्ता खाले तालिमहरुले महिला उद्यमीहरुलाई समाजमा पहिचान दिन सकिने बताउनुभयो । त्यस्तै चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेलले तालिमबाट सिकेका सिप, ज्ञानलाई वास्तविक जीवनमा उतारेर सफल उद्यमी बन्न समेत आग्रह गर्नुभयो । उहाँले महिला उद्यमी बन्न चाहनेहरुलाई आवश्यक सल्लाह, सुझाव सहित सहकार्य गर्ने बताउनुभयो ।
त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रमेशकुमार कर्माचार्यले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिमलाई तालिमका रुपमा मात्र नभई व्यवहारिक शिक्षाको रुपमा लिनुहुन सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो । त्यस्तै कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उद्यम गर्नेहरुका लागि यो तालिम एउटा गोरेटो भएको र यसबाट सिकेका कुराहरुलाई भविष्यका दिनहरुमा लागू गर्न समेत आग्रह गर्नुभयो । उहाँले उद्योगी बन्न चाहने महिला उद्योगीहरुलाई उद्योग संघको तर्फबाट आवश्यक परामर्श र सेवा लिनुहुन समेत अनुरोध गर्नुभयो । १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको समापन तालिम घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक नारायणप्रसाद त्रिपाठीले सञ्चालन गर्नुभएको थियो ।