संसद बैठक बस्दै, बाढी पहिरोबारे छलफल हुने

८ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
40 Shares

File

काठमाडौं – केही दिनदेखि अवरुद्ध संसद बैठक आज चल्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरूद्ध नगर्ने जनाएपछि संसद बैठक चल्ने भएको हो । सभामुख कृष्णबहादुर महरा र सत्तारूढ नेकपा बाढी पहिरोबारे सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न तयार भएपछि अवरोध हट्ने भएको बताइएको छ ।

यसअघि कांग्रेसले सर्लाहीमा भएका दुई घटनाको संसदीय छानबिन माग गर्दै संसदमा अवरोध गर्दै आएको थियो। कांग्रेसले गत असार ३० गतेको बैठकमा स्थगन प्रस्ताव दर्ता गराएको थियो। कांग्रेसले संसदको कार्यसूचीका सबै विषय हटाएर बाढी पहिरोमा छलफलको प्रस्ताव राखेको थियो। तर स्थगन प्रस्ताव अघि गृहमन्त्रीले बोल्न पाउनुपर्ने अडान सत्तापक्षले राखेपछि सूचनामार्फत् बैठक स्थगित भएको थियो। प्रतिनिधिसभा बैठक साढे २ बजेका लागि तय भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ