पाँच हजार घुस लिएको आरोपमा प्रहरी जवान पक्राउ

प्रकाशित मिति:

काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुस लिएको आरोपमा समातिएका छन् ।प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले समातेको हो

आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई सोमबार समाएको भए पनि आज सार्वजनिक गरिएको हो । आरोपी कटुवालको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।