शोकमा डुब्यो याक्चना गाउँ:एकै परिवारका तिन जनालाई नदिले बगायो

८ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया

File Image

धनकुटा – धनकुटा नगरपालिका- ८ याक्चनाका एकै परिवारका तिन बालबालिका पौडी खेल्न जादा तमोर नदिमा वेपत्ता भएको प्रहरील बताएकोे छ । वेपत्ता हुनेमा शंखबहादुर राईका ९ वर्षीय छोरा सञ्जीव राई, ७ वर्षीय छोरी सलिना राई र ७ वर्षीया छोरी सञ्जिला राई भएको प्रहरीले बताए । आइतबार दिउँसो बाबुआमा खेतमा काम गर्न गएको बेला तमोर नदीमा पौडी खेल्न गएको परिवारको अनुमान छ ।

बेपत्ता बालबालिकालाई परिवार र आफन्तले खोजेपनि पत्ता नलागेपछि बुधबार परिवारले प्रहरीलाई खबर गरेका थिए । घटना थाहा भएलगत्तै प्रहरी घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुर्दशन कोइरालाले बताए । खोजी कार्यमा प्रहरी परिचालन भइसकेको कोइरालाको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया