दिपुको भुरुङमा रामजीको बबाल नाचँ !

प्रकाशित मिति:

बुटवल – नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिए संगै पछील्लो समयमा जमेका गायक दिपु मगरले भुरुङ झै गुरुङ तिजी कोसेली बजारमा ल्याएका छन । लोक क्षेत्रमा छुट्टै सिर्जना र प्रस्तुतीले लोक पारखीहरुको मनमनमा बस्न सफल गायक दिपु मगरले समग्र नेपाली आमाबुवा दाजुभाई एबम दिदीबहिनीहरुलाई मौलिक पनमा नाच्न मिल्ने तिज कोसेली ल्याएका हुन । लोक संगितलाई मुख्य आधार बनाएर आफ्नो कला र गलालाई प्रस्तुत गर्ने गायक दिपु यो गीतको ब्यापक सफलता हासिल गर्ने मोडमा छन ।

रेनु राना मगर र दिपु मगरको संयुक्त तिज कोसेली भुरुङ झै गुरुङलाई दिपु र रेनुले नै स्वरबद्द गरेका हुन भने पछील्लो समयका लोक बादशाहका रुपमा रहेका लोक गायक एबम सर्जक रामजी खाडको अभिनय रहेको छ । रामजी खाड संगै दिपु , रेनु , सिर्जना र अनिमेशको अभिनय उक्त गीतमा देख्न सकिन्छ । उक्त गीतमा शब्द स्वयम दिपु मगर , लय खेम सेञ्चुरी , संगित संयोजन कृष्ण भान्जा , सम्पादन मनोज कार्की , छायांकन करण चैसिर र निर्देशन मौसम हिमालीको रहेको छ । दिपु मगरको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । बिगतका बर्षमा छुक छुके रेल ,चुइ चुइ चुइकने जुत्ता, घन्काइदेउ मादल लगायत दर्जन भन्दा बढी गीत बजारमा ल्याएर सफलता हासिल गरिसकेका दिपुले समस्त नेपाली लोक पारखी मनहरुमा हेरेर सल्लाह सुझाब दिन समेत अनुरोध गरेका छन ।

हेर्नुहोस् भीडियो :-