आमा मिलन केन्द्रको पाँचौं साधारण सभा तथा स्थापना दिवस सम्पन्न

प्रकाशित मिति:

बुटवल –बुटवल उपमहानगरपालिका वडा नं–२ स्थित वडास्तरीय आमा मिलन केन्द्रको पाँचौं साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । बुधबार बुटवलमा भएको साधारण सभाको अवसरमा एकल महिलाहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं–२ का सदस्य तथा जनप्रतिनीधि खगिसरा गुरुङले एकल महिलाहरुलाई सम्मान गर्नुभयो ,गोत कुमारी नेपाल, नारायणी पाटा मगर, उर्मिला शर्मा, विद्यादेवी जोशी, गोमादेवी खड्का, जया पौडेल, कान्ति राना र कमला नगरकोटी हुनुहुन्छ ।

आमा मिलन केन्द्रका अध्यक्ष धन लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रमेश प्रसाद जोशी र रञ्जिता मल्ल जोशीलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै जनप्रतिनीधि खगिसरा गुरुङले महिलाहरुको विकासका लागि आमा मिलन केन्द्रले गरेको कामको प्रशंसा समेत गर्नुभयो । महिलाहरुको विकास र सशक्तिकरणका लागि महिलाहरुले नै काम गर्नु पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वडा नं–२ का सचिव विष्णुप्रसाद श्रेष्ठ, केन्द्रका संस्थापक अध्यक्ष गंगा घिमिरे लगायतले बोल्नु भएको थियो ।पाँचौ साधारण सभाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जिता मल्ल जोशीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको छ । कार्यक्रम उपाध्यक्ष सावित्री पन्थीको स्वागत तथा सचिव नारायणी पाटाको सञ्चालनमा सम्पन्न भएको थियो । वि.स. २०७० सालमा स्थापना भएको वडास्तरिय आमा मिलन केन्द्रले स्थानिय महिलाहरुको सिप विकास र आर्थिक आयआर्जनका लागि काम गर्दै आइरहेको छ