महिला संघ डडेल्धुरामा कुटाकुट

प्रकाशित मिति:

डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुरामा चरम गुटबन्दीको विवाद सहतमा आएको छ। गुटबन्दीको विवाद पछिल्लो समय कुटपिटमै परिणत भएको छ। गत असार महिनाको तेस्रो साता नेपाल महिला संघको केन्द्रीय समितिबाट एकाएक संघको जिल्ला कार्यसमितिलाई विघटनगरि तत्कालिन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको एकपक्षीय रुपमा पत्राचार गरिएपछि महिला संघमा विवाद उत्पन्न भएको हो। सो विवादकै बीच मंगलबार तत्कालीन उपाध्यक्ष बोहराको संयोजकत्व पार्टी कार्यालय डडेल्धुरामा मासिक बैठक बस्न महिला संघका महिला पार्टी कार्यालय पुगे। कार्यालय सचिवले कार्यालयको चावी नदिएपछि ताला तोडेर बैठक सुरु भएपछि एक्कासी कार्यालय सचिव रामबहादुर विष्टले आफूहरूमाथि आक्रमण गरेको आरोप महिला नेतृहरूले लगाएका छन्। नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सासंद कर्णबहादुर मल्लका स्वकीय सचिवसमेत रहेका विष्टको कुटपिटबाट महिला संघ डडेल्धुराकी नेतृ वसन्ती भण्डारी घाइते भएको महिला नेत्री सरस्वती खड्काले जानकारी दिइन्। महिला संघ डडेल्धुराको संयोजक अहिले कमला विष्ट रहेको सभापति मल्ल पक्षको दाबी छ।

आफूहरूलाई अरू व्यक्ति महिला संघ डडेल्धुराको संयोजक तोकेको अधिकारी पत्र नभएको कांग्रेस डडेल्धुराका सभापति मल्लद्वारा हताक्षेरित एक प्रेस विज्ञप्तिमा यसअघि नै प्रष्ट उल्लेख गरिएको छ। डडेल्धुरा कांग्रेसमा पूर्व सभापति रघुवर भट्ट र वर्तमान सभापति कर्णबहादुर मल्लबीच गुटमा अझैं दरार बन्दै गरेको छ।

कुटपिटकै घटना कसरी भयो? नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल महिला संघ डडेल्धुराको तर्दथ समितिको बैठक बस्न पार्टी कार्यालयको चावी पूर्वसभापति रघुवर भट्ट पक्षका महिलाले नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशका सासंद कर्णबहादुर मल्ल र पार्टीको कार्यालय सचिव रामबहादुर विष्टलाई फोन गरे। उनले आफूलाई महिला संघ डडेल्धुराबारे कुनै पनि अधिकारीक पत्रसमेत नभएकाले तपाईं के को बैठक बस्ने हो? भन्दै चावी नदिने भनेपछि महिलाहरूले कार्यालयको चावी नै तोडेर बैठक संचालन गरी रहेको समयमा एक्कासी पार्टीको कार्यालय सचिव बिष्टले आफूहरुमाथि कुर्ची प्रहार गरेको महिला नेतृहरुको आरोप छ। स्रोतका अनुसार बैठक हलमा रहेका १० महिलालाई विष्टले कुर्चीले कुटे।

नेपाल महिला संघ डडेल्धुराका उप–संयोजक वसन्ती भण्डारीलाई कुटपिट गरी गम्भीर घाइते भएको महिला संघकी नेतृ सरस्वती खड्काले बताइन्। घाइते महिलाहरू उनले नेपाली काग्रेस डडेल्धुराका उप–सभापति करुणाकर भट्टले समेत गाली बेइज्जती र धम्की दिएको आरोप लगाइन्। ‘उप–सभापति भट्टले महिलाहरुलाई अलि बढी कुटनु पर्ने, कम किन कुट्नु भयो’ भनेर भनेको महिला नेतृहरूको भनाइ छ। आफूहरूलाई पार्टी कार्यालयको बाहिर पनि नबस्न दिएको महिलाको गुनासो छ। ४ वर्षदेखि विवादमा रहेको महिला संघ डडेल्धुरा विधि विधानअनुसार गठन हुनु पर्ने अधिकांशको मागपछि संघलाई वैधानिकता दिन केही दिन अगाडि केन्द्रीय छानविन टोली डडेल्धुरा पुगेर छानविन गरेपछि गरी परशुराम नगरपालिकाकी उपप्रमुख कलापती बोहरालाई संयोजक तोकेको पत्र आएको एक पक्षको दाबी छ। पत्र उप–सभापति करुणाकर भट्टलाई नै दिएका उनीहरूको भनाइ छ।

यसबारे के भन्छन्, कार्यालय सचिव विष्ट र उप–सभापति भट्ट? ‘एक महिला नेतृले मलाई फोन गरेको थियो। मलाई पार्टी कार्यालय चावी दिनुस् भन्नु भयो। मैले भने, पार्टीको विषयमा छलफल गर्नु छ। कुनै कसैको व्यक्तिगत विषयमा छलफल गर्नु छ भने म चावी दिन्छु मेडम, हैन यदी तपाईँले अहिले महिला संघको विषयमा छलफल गर्ने भन्नु भाछ’ नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव विष्टले, ‘जुन विषयमा पार्टी कार्यालयमा कुनै आधिकारी पत्र लेखित तथा मैखिकसमेत जानकारी आएको छैन। जिल्ला कार्य समितिलाई पनि कुनै जानकारी आएको छैन्। त्यस बिषयमा यहाँहरूले सामाजिक संञ्जालमा गलत प्रचार फैलाउँदै हुन्छ।’ सम्बन्धित समाचार महिला संघबारे भ्रम फैलाएको भन्दै कांग्रेसको आपत्ति ‘जबसम्म अधिकारी केन्द्रबाट पार्टी कार्यालयलाई पत्र आउदैन तबसम्म नेपाल महिला संघ डडेल्धुराको अध्यक्ष कमला विष्ट नै हो। र, तपाई जुन नेपाल महिला संघको संयोजक म हो भन्दै चावी देउ छलफल गर्छु भन्नु हुन्छ।

कसरी तपाईं अधिकारी व्यक्ति हैन भने खबर मैले गरेपछि उनीहरूको समूहले जवरजस्त रुपमा पार्टी कार्यालयको ताला तोडेरभित्र विद्रोही शैलीमा प्रवेश गर्नुभयो।’ उनले अघि भने, ‘प्रवेश गरेपछि म बैठक कक्षमा गरेर मैले मेडम किन तालातोडनु भयो तपाईंहरूले सरासर तालातोडेर गलत गर्नुभयो। कार्यालयमा केही कागजात हरायो भने को जिम्मेवारी हुन्छ। के भन्नेको थिए मलाई ३ जना आक्रमण गर्ने आए।’ २०/२५ जनाको महिलाको समूहलाई मैले कुटपिट गरेको नभएर मलाई आक्रमणको प्रयास भएपछि ज्यान जोगाउन तित्तर वित्तर गरेको उनको दावी छ। ‘भागेर लुकेर बसेको र उनीहरूले प्रहरी बोलाएर पछि मात्र म आएको हुँ’ उनले भने। कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले महिला संघका नेतृहरुले अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्। तर, कार्यवाहक सभापति भट्टले यसको खण्ड गर्दै लोकतान्त्रीक पार्टीमा यस्ता विवाद आउन समान्य भएको दिएका छन्। उनले महिल नेतृहरुमाथि आफूले गाली गलौज नगरेको पनि दाबी गरे।

मुद्दा दर्ता गर्दै देउवाको गृहजिल्लामा विवाद के हो? केन्द्रको निर्देशनानुसार परशुराम नगरपालिकाकी उपप्रमुख रहेकी तदर्थ समिति संयोजक कलावती बोहराले जिल्ला तदर्थ समितिलाई पूर्णता दिएकी छन् भने संघकी तत्कालिन अध्यक्ष कमला विष्ट समर्थक महिला संघका पदाधिकारीहरुले भने पुरानै समिति कायम रहेको जिकिर गरिरहेका छन्। महिला संघमा उत्पन्न विवादकैबीच मंगलबार नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालय कृष्णप्रसाद भट्टराई स्मृति भवनमा तनाव उत्पन्न भएको हो। महिला संघ केन्द्रीय समितिको निर्देशनमा गठन गरिएको भनिएको तदर्थ समितिका पदाधिकारीहरुले पार्टी कार्यालयमा पुगेर ताला फुटालेर कार्यालयमा प्रवेशगर्दा तनाव भएको हो। यस विषयमा पूर्वसभापति रघुवर भट्टले भने आफूले अहिले नै प्रतिक्रया दिनु आवश्यक नरहेको बताउँछन्। सभापति मल्ल पक्षले कमला बिष्ट, संघको अध्यक्ष हो भन्ने अडानमा छ। भने, पूर्वसभापति रघुवर भट्ट र केन्द्रीय सभापति शेरबहादुर देउवा पत्नी आजुराणा देउवाले बोहरा नै अधिकारी भएको बताउँदै आएका छन्।

प्रहरीमा सार्वजनिक मुद्दा दर्ता यसैबीच महिला संघका नेतृहरुले कार्यालय सचिव विष्टको नामा जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा सार्वजनिक मुद्दा दर्ता गराएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय पुगेर उनीहरूले विष्टमाथि कुटपिट गरेको भन्दै सार्वजनिक मुद्दा दर्ता गराएका हुन्। यस्तै कार्यालय सचिव विष्टले पनि महिलाहरुले आफूलाई आक्रमण गरेको भन्दै तीन जना महिला नेतृमाथि सार्वजनिक मुद्दा दर्ता गराएका छन्। बुधबार नै उनले जिल्ला प्रहरी कार्यालय पुगेरै सार्वजनिक मुद्दा दर्ता गराएका हुन्। -थाहाखबर