सार्कको लोगो बनाएका चित्रकार श्रेष्ठको निधन

८ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
91 Shares


काठमाडौं – बरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । कलेजो लगयतका रोगबाट पिडित श्रेष्ठको भरोसा अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

इलाम जिल्ला मंगलबारे घर भएका श्रेष्ठ लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठका आमा बुवा नर कुमार श्रेष्ठ पार्वती देवी श्रेष्ठ र छोरा रोमन श्रेष्ठ रहेका छन् । उनको बुधबारै पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको पारिवारिक स्रोतले बताएको छ । श्रेष्ठले सार्क खेलकुदको लोगो समेत बनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया