विराटनगर महानगरपालिकामा निःशुल्क वाइफाई सेवा शुरु

८ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
23 Shares

file

विराटनगर – विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वर्ल्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा शुरु गरिएको छ ।

जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि एक सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमबिपिएस सेवा उपभोग गर्न पाउने छन् । सो सेवा पाँच वर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो । नगरप्रमुख भीम पराजुलीले कञ्चनबारीमा सेवा सञ्चालन शुभारम्भ गर्दै निःशुल्क वाइफाईले युवालाई महानगरपालिकासँग जोड्न खोजेको बताए ।

उनले नगर क्षेत्रमा निःशुल्क वाइफाईसेवा उपलव्ध गराउने नीति र कार्यक्रमअनुसार साउन महीनाभित्रमा ३२ स्थानमा सेवा सञ्चालन गर्ने योजनाअनुरुप आजदेखि कार्यशुरु गरेको जानकारी दिनुभयो । प्रमुख पराजुलीले यसपछि आगामी कात्तिक महीनाभित्रमा नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको बताए । सहयोगी संस्था वल्र्डलिङ्कका विराटनगर सहायक प्रबन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डब्लु आइसीसीद्धारा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने
  • “प्रचण्डले तपाई मन्त्रीबाट हट्नुपर्छ भनेपछि म मन्त्रिपरिषद बैठक जान छाडे”:आपुर्ति…
  • डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक
  • फेसबुकलाई चुनौती दिन आयो ‘डब्लूटीस् सोसल’
  • बझाङमा गयो ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
  • जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ, उपनिर्वाचन कांग्रेसले जित्छः डा.…
  • पौषमा छैठौं स्याङ्जा महोत्सव हुने
  • स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको, देशमा सकियो फोहोर
  • के हो रातो सागसब्जी?जाडोयाममा मुटु जोगाउन रातो फलफूल र सागसब्जी
  • भारतबाट विवाह गर्न सौराहा आउँछन् भारतीय