मुख्य राजमार्ग जीर्ण बन्दा आवागमनमा समस्या

८ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
35 Shares


नारायण वली – बुटवल /लगातारको वर्षाका कारण महेन्द्र राजमार्ग अन्र्तगत बुटवलको राजमार्ग चौराह देखि पुष्पलाल पार्क सम्म ठुला– ठुला खाडल भएपछि अहिले सवारी आवागनमा समस्या भएको छ ।प्रदेश नं। ५ को अस्थायी मुकाम रुपन्देहीको बुटवल स्थित महेन्द्र राजमार्गमा ठुल ठुला खाडल भएपछि सडकको अवस्था अत्यन्तै जोखिमपुर्ण वन्न पुगेको छ । दैनिक सयौं सवारी साधन आवागमन गर्ने सडक वर्षातका कारण जीर्ण वनेपछि यात्रुहरु जोखिम मोलेर यात्रा गर्न वाध्य भएका छन्।

६ लेन सडकको पानी ढल निकास भन्दा वाहिर भएको र सडकमा पानी जम्ने भएकाले खाल्डा खुल्डी परेपछि सो सडक अहिले दिनप्रति दिन जीर्ण जन्दै गएको छ । दिवा सेवामा नै सवारी साधनहरुलाई आवागनमा कठिनाई भैरहेकाले रात्री कालिन समयमा चल्ने सवारी साधनहरुलाई दुर्घटनाको उच्च जोखिम वढेको छ ।यसैविच राजमार्ग चौराहमा घुम्तीमा नै ठुलै खाडल भएकाले उक्त जीर्ण सडकको अवस्था र उच्च दुर्घटना हुने सम्भावनालाई जमेको पानीको निकास एंव चालकलाई सचेत गराउन ट्राफिक सहायता वोर्ड नराखे ठुलो दुर्घटना हुने अवस्था देखिएको छ ।

यस्तै सो जीर्ण सडक अवस्था वारे प्रदेश नं। ५ भौतिक पुर्वाधार विकास मन्त्रालयले उक्त प्रदेश मातहतमा नरहेको वताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया