आज तराइमा भारी वर्षा हुने सम्भावना, सावधानी अपनाउन आग्रह

प्रकाशित मिति:

काठमाडौँ-आज (बिहीबार) देशको पुर्वी एवं पश्चिम तराइका केही भु(भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा तराइ क्षेत्रतिर भएका कारण तराइमा भारी वर्षाको सम्भावना देखिएको हो ।‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू(भाग हुँदै दक्षिणतिर सरेको छ जसका कारण पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएको छ तर पूर्वी( पश्चिम तराई भू(भागमा भने भारी वर्षा हुने’ महाशाखाले जनाएको हो ।

पहाडी भु(मागमा हल्का वर्षा भएपनि गत दिनहरमा जसो भारी वर्षा नहुने मौसमविद्ले जनाएका छन् । अहिले देशका सबैजसो भू(भागमा सामान्य बदली छ। यतिबेला पूर्वी र मध्यपश्चिम तराईमा भने पानी परिरहेको छ।तराइ एवं पूर्वीक्षेत्रमा भारी वर्षा हुने देखिएकाले सो क्षेत्रका बासीन्दालाई सावधान भएर बस्न आग्रह गरिएको छ ।

थप समाचार