यूएईमा संगठित हुँदै भुमिकास्थानका यूवा

९ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
107 Shares


काठमाण्डौ / अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाबाट रोजगारीको सिलसिलामा युएईमा पुगेका यूवाहरु संगठित हुने भएका छन् । परदेशमा बसेर घरदेशको सामाजिक विकास र रुपान्तरणमा पहल गर्न र र आपतकालिन अवस्थामा आवश्यक सहयोगमा जुट्नका लागि संगठित हुनु परेको यूवा पदम आर्चायले सबल पोष्टलाई बताए । यस अगाडि पनि गाउँमा खेल मैदान, मन्दिर निर्माण लगायतका सामाजिक काम लागि परेका यूवाहरुले अव भुमिकास्थान सम्पर्क समाज युएईको नाममा संस्था बनाई संस्थागत रुपमै काम गर्ने योजना बनाएको आर्चायले बताए । भुमिकास्थानबाट युएइमा रहेका यूवा कति छन् भन्ने कुरा एकिन नभएकोले तत्काल सम्पर्कमा आउनको लागि पनि आर्चायले आग्रह गरेकाछन् । उनका अनुसार अहिले युएईमा भुमिकास्थानका करिब चार सय यूवा रहेको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया