रोट्रयाक्ट क्लव अफ रुपन्देहीको आठौँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

विष्णु घिमिरे/बुटवल – रोट्रयाक्ट क्लव अफ रुपन्देहीले एक कार्यक्रममा बिच आठौ पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष १८ ÷१९ का अध्यक्ष सुरज भण्डारीले वर्ष १९÷२० अध्यक्ष राजेज खरेललाइ पद हस्तान्तरण गरेका छन ।  पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोतमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्क गदै यि संस्थाहरुलाइ अझ व्याबस्थीत बनायर अगाडी लैजानु पर्ने बताए । यस वर्ष तिलोतमा नगरपालिकाले पचास हजार बिरुवा रोप्ने प्लानका साथ अगाडी बढेको बताए । यसको लागि रुपन्देहिका बिभिन्न रोटरी क्लबहरुको साथ र सहयोग रहने कुरा जानकारि गराउदै सबै रोट्रयाक्टहरुलाइ यसका सहयोग गरिदिनु हुन आग्रह गरे ।

कार्यक्रममा वर्ष १८÷१९ का अधयक्ष सुरज भण्डारीले वर्ष भरि गरेका कामहरुको समिक्षा र प्रगती प्रतिवेदन प्रस्तुत गदै वर्ष भरि सहयोग गर्ने मेम्वरहरु र बिभिन्न संघ सस्थाहरुलाइ सम्मान गरेका थिए । पद हस्तान्तरण पछि बोल्दै क्लवका अध्यक्ष राजेस खरेलले समयको महत्व बुझेर साामाजिक कार्यमा लाग्ने बताए । यस क्लवलाइ समाजिक क्षेत्रमा निरन्तरण अगाडी बढाउने बताए ।  कार्यक्रममा रोटरी डिष्ट्रिकका ए जी इन्द्र रिजाल , गोपाल न्यौपाने , एजाज आलम रोटरी क्लब अफ तिलोतमाका अध्यक्ष सुरज खत्री रोट्रयाक्ट क्लव अफ रुपन्देहिका स्थापक अध्यक्ष प्रकास गौतम लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा रोट्रयाकटका पूर्व अध्यक्ष पताप भण्डारी धन्याबाद मन्तव्य राखेका भिए भने कार्यक्रमाम अध्यक्ष द्धोय अध्यक्ष सुरज भण्डारी र राजेस खरेको अध्यक्षयता सचिव द्धोय बिनोद सुवेदि राम, प्रकास पाण्डे सन्चालन गरेका थिए ।

थप समाचार