बारामा नक्कली लाइसेन्स बनाउने पक्राउ

प्रकाशित मिति:

बारा – बारामा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ३१ वर्षीय दिपक अर्याल छन् । अर्यालले स्थानीय १२ जनालाई हेभि सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै प्रति व्यक्ति ५० हजार र लाइट सवारी चालकका लागि १० हजारको दरले रकम लिएको खुलेको छ ।

उनको साथबाट नक्कली सवारी चालक अनुमतिपत्र थान ५ र सवारी चालक अनुमति पत्र लिन बुझाएको रसिद भरपाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।