पुरानो कपडा ‘बैंक’ राखेर फेसबुक ग्रुपका युवाहरुद्वारा सामाजिक कार्यको सुरुवात

प्रकाशित मिति:

काठमाडौँ – हन्ड्रेड ग्रुप’ नामक फेसबुक ग्रुपका युवाहरूले अनौठो सामाजिक कार्यको थालनी गरेका छन् । उनिहरुले अनामनगरमा पुरानो कपडाको ‘बैंक’ राखेर सो कार्यको थालनी गरेका हुन् ।

लगाउन मिल्ने पुराना कपडा तथा जुत्ताचप्पल जोसुकैले र्‍याकमा छोडेर जान सक्छन् । यसरी अरुले छोडेको कपडा र अन्य सामाग्री अनाथ तथा गरिब व्यक्तिले सित्तैमा लिएर जाने गरेका छन् ।

तस्बीर : उजोल डंगोल/नेपालसमाचारपत्र