अक्षरमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

प्रकाशित मिति:

झविन्द्र देवकोटा -बुटवल/बुटवल जितगढी किल्ला नजिकै अवस्थित अक्षर एकेडेमि विद्यालयले अभिभावक तथा विद्यार्थीका लागि एक दिने निशुल्क दन्त परीक्षण शिविर गरेको छ । विद्यालयले विद्यार्थी तथा तिनका अभिभावकको स्वास्थ्य परीषण कार्यक्रम अन्तरगत धनन्जय डेन्टल क्लिनीक बुटवलको प्राविधिक सहयोगमा एक दिने निशुल्क दन्त परीक्षण शिविर गरेको हो ।

शिविरमा क्लिनीकका दन्त चिकित्सक डाक्टर कमला तथा सहायक रक्षा पन्थी लगायतको टोलीले विद्यार्थी र अभिभावक गरि ४ सय ५० जनाको दन्त परीक्षण गरेका थिए । विद्यालयका संचालक अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ प्रदेश ५ का अध्यक्ष हेमबहादुर थापाले शिविरको उद्घाटन गर्दै विद्यार्थी तथा अभिभावकको स्वास्थ्य परीक्षण गर्नु अति आवश्यक रहने उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षणले शिक्षालयको वातावरण पनि सुमधुर रहने बताए ।कार्यक्रममा धनन्जय डेन्टल क्लिनीकका प्रमुख महेन्द्र भुषाल, विद्यालयका प्रिन्सिपल रुपा श्रेष्ठ पाठक, शिक्षक सन्जयकुमार दुवे लगायतले स्वास्थ्यको महत्व मानव जीवनमा ठुलो हुने भएकाले विद्यालयमा हुने स्वास्थ्य शिविर विद्यार्थी तथा अभिभावकका लागि अत्यन्त लाभदायक हुने बताए ।