डुङ्गा दुर्घटना हुँदा १३ तिर्थालुको मृत्यु

९ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
26 Shares

प्रतिकात्मक तस्वीर

याङ्गुन – म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् । म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुङ्गामा २५ जना सवार रहेका थिए । महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ (जिता) भन्ने स्थानमा डुङ्गा पल्टिएको थियो ।

मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाको शव निकालिएको उल्लेख छ । जीवितै उद्धार गरिएका डुङ्गा चालक फरार भएका र उनको खोजी कार्य भइरहेको स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया