‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको छैन– मन्त्री बाँस्कोटा

९ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तर ‘रअ’ का प्रतिनिधिसँग प्रधानमन्त्रीको भेटवार्ता नभएको बताएका छन् । गत आइतबार नेपाल भ्रमणमा आएका रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका अध्यक्ष प्रचण्ड लगायतले भेटवार्ता गरेको भन्ने समाचार बाहिरिएपनि सरकारका प्रवक्ता बाँस्कोटाले आफूलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिए ।

‘भारतीय गुप्तचर आएको थाहा छैन’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकारसम्मेलनमा मन्त्री बाँस्कोटाले भने,‘प्रधानमन्त्रीले भेटेजस्तो लाग्दैन । अरु दलका नेताहरुले भेटेको पनि थाहा छैन ।’ उनले भेट हुने भएपनि कुटनीतिक प्रोटोकलकै आधारमा भेटघाट हुने बताए । मन्त्री बाँस्कोटाले रअको प्रमुखलाई भेटेर कोही पनि रअ पक्षधर नहुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया