भीरकोट नगर वाल समूह संजाल एवं वाल नगर संरक्षण समिति गठन

प्रकाशित मिति:

एशिव शरण महत श्रावण ९, भीरकोट ,आगामी चैत समान्तर सम्म भीरकोट नगरपालिकालाई वालमैंत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने कार्यका लागी विभिन्न चरणहरु सम्पन्न हुदै आएको छ जसमध्ये नौ वटै वाडका वालवालीका र सरोकारवालाहरुको भेला गरी आज २१ सदस्यीय भीरकोट नगर वाल समूह संजाल समिति र ११ सदस्यीय वाल नगर संरक्षण समिति गठन गरीएको छ ।   नगर स्तरीय भेलामा वोल्दै नगर प्रमुख छायाराम खनालले वालवालीकाहरु देशको भविष्य भएकाले वाल्य अवस्थामा पाउनु पर्ने सवै सेवा,सुविधा र अधिकार वालवालीकाको पहँुचमा पुर्याउनको लागी नगरपालिकाले वालमैंत्री स्थानीय शासन युक्त नगर घोषणा गर्न लागेको वताउनु भयो । वालवालीकालाई स्वतन्त्र आवश्यक पर्ने भएकाले अभिभावकले सो वातावरणको सिर्जना गर्नुपर्ने भन्दै प्रमुख खनालले नगरपालिका वालमैंत्री उन्मुख नगरपालिका भैसकेको वताउनुभयो । मानिसको विकास भनेको शारीरिक, मानसिक,वौद्धीक र संवेगात्मक विकास रहेकोले अन्य कुरामा धेरै लोभ गर्ननहुने प्रमुख खनालको जोड थियो ।

भेलाले सुदिप पौडेलको अध्यक्षमा २१ सदस्यीय भीरकोट नगर वाल समूह संजाल समिति गठन गरेको छ , जस्को उपाध्यक्षमा सुजता खत्री,सचिवमा पंशसा भुजेल,कोषध्यक्षमा पुष्पा चापागाई र सह सचीवमा निर्देश रेग्मी चयन हुनुभएको छ । सदस्यहरुमा कृष्ण माझी,सचिना थापा,संस्कृती वस्नेत,सुजन अर्याल,स्वस्तीका काफ्ले, सुलव जंग अधिकारी,प्रतिक्षा गहतराज, चन्द्र कुमारी पंगेनी,संगम रेग्मी,वविता जिसी,सुरज तिवारी,गिता गुरुङ्, दिल कुमारी गुरुङ्,भैरभ गुरुङ्,प्रतिक्षा रेग्मी र गंगाराम चापागाई चयन हुनु भएको छ ।  नगर स्तरीय वाल भेलालाई वाल मैंत्री राष्टिय सहजकर्ता विष्णु चर्तुवेदीले नगर स्तरीय वाल समूह संजाल तथा नगर वाल संरक्षण समितिको काम,कर्तव्य सम्वन्धी अभिमुखी करण गर्नु भएको थियो ।

यसै विच भीरकोट वाल समूह संजाल समितिलाई संरक्षण गर्नको लागी नगर उप प्रमुख सिमा केसी कर्मार्चाको संयोज्कत्वमा ११ सदस्यीय वाल नगर संरक्षण समिति गठन गरीएको छ,सदस्यहरुमा शिक्षा समितिको तर्फवाट विष्णु माया काफ्ले,दहथुम प्रहरी चौकीका प्रमुख प्र.स.नी चेतलाल विक, होम वहादुर गुरुङ्,विष्णु वोटे माझि,धनसुवा राना,सोवित वहादुर गोदार,वोलमाया गुरुङ्,सदस्यीय सचिव हेम प्रसाद आर्चाय, शर्मिला गुरुङ,र नगर वाल समूह संजालवाट १ जना प्रतिनिधित्व हुनै गरी नगर वाल संरक्षण समिति गठन गरीएको छ ।  नगर प्रमुख छायाराम खनालको अध्यक्षयतामा सम्पन्न भीरकोट नगर वाल समूह संजाल एवं वाल नगर संरक्षण समिति गठन कार्यक्रमको स्वागत एवम कार्यक्रम माथी प्रकाश शिक्षा शाखा प्रमुख हेम प्रसाद आर्चायले र संचालन वाल नगर सहजकर्ता खुमकान्त खनाले गर्नु भएको थियो ।