सडक बिभाग र नगरपालिकाले केहि नगरे पछि स्थानीय आफै मिलेर बनाए बाटो

प्रकाशित मिति:

निशा भण्डारी,नवलपुरसडक बिभाग र नगरपालिकाले केहि नगरे पछि स्थानीय युवाहरु आफै मिलेर सभापति चोकको बाटो मर्मत गरेका छन् ।महेन्द्र राजमार्ग अन्तर्गत कावासोती सभापति चोकको बाटो बनाउन स्थानीय युवा इन्द्र सिग्देलले आफु बाटै सुरुवात गर्नु भएको थियो । पटक पटक सोहि ठाउँमा दुर्घटना भएको र हिडडुल गर्न समेत समस्या भएपछि स्थानीय युवा इन्द्र सिग्देलले बाटो मर्मत कार्यको थालनी गरेको बताउनु भयो ।१५ स्थानीय युवाहरुको उपस्थीति रहेको थियो ।

हामी सडक विभाग होइनौ न त हामि नगरपालिकाका कर्मचारी नै , तर यस ठाउँको स्थानिय भएको नाताले हाम्रा सडकमा भएका खाल्डा खुल्डि हेरेर बसिरहन मनले मानेन भन्दै आफु पनि यस कार्यमा सरिक भएको स्थानीय सुदिप चापागाईले बताउनु भयो ।त्यस्तै अर्का युवा कृष्ण कंडेल पनि केहि अग्रजहरुले सुरुवात गर्नु भएको यो प्रयास देखेपछि आफु पनि यस कार्यमा सरिक भएको बताउनु भयो । बाटो मर्मतका लागी नाला खन्दा निकालेर राखिएको थुप्रो माटो, बालुवा गीटीको प्रयोग गरिएको थियो ।यसरी स्थानीयको यस्तै सक्रियता रहने हो भने सम्बन्धित निकाय मौन रहेर बस्न मिल्ने अवस्था रहँदैन ।