नेपाल स्वरोजगार टेम्पो रिक्सा प्रालि को कार्यालय उद्घाटन

९ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
27 Shares


प्रकाश पाण्डे -तिलोत्तमा नेपाल स्वरोजगार टेम्पो रिक्सा एण्ड ट्याक्सी यातायात सेवा प्रालि तिलोत्तमा ५, रूपन्देहीको कार्यालय उद्घघाटन कार्यक्रम बिहिवार सम्पन्न भएको छ । कार्यालयको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले रिवन काटेर उद्घघाटन गर्नुभएको हो । उद्घघाटन लगत्तै आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले,अटो तथा ईरिक्सा ब्यवसाय आफैमा स्वरोजगार पेशा भएकाले ब्यवसायीहरू एकिकृत भई काम गर्नुपर्नेमा जोड दिए ।

व्यवस्थित तबरबाट निश्चित रूट, भाडामा एकरूपता एंव पार्किगं लगायतका समस्या समाधान गरि अघि बढ्न सके नगरपालिका कै विकाशमा योगदान पुग्नेमा दुई मत नरहेको औंल्याए । कार्यक्रममा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले, अटो तथा ईरिक्सा ब्यवसायीहरूसँगै बसेर भाडा समायोजन, सवारी साधन पार्किंगका लागी नगरपालिकाले पहल लिने र त्यसमा ब्यवसायीहरूले सघाउनुपर्ने बताए । साथै अहिलेसम्म पनि ईरिक्सा तथा टेम्पोहरू नगरपालिकामा दर्ता नहुनु आफैमा दुखद भएको बताउँदै अब भने दर्ता प्रक्रियामा जानै पर्ने भएकाले यथाशिघ्र सो कार्य टुग्याउन आग्रह गरे ।

कार्यक्रममा यातायात ब्यवस्था कार्यालयका प्रमुख मुक्ति पाण्डे, तिलोत्तमा उद्दोग बाणिज्य संघका अघ्यक्ष माधव भण्डारी, नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डे, नेकपाका तिलोत्तमा नगर कमिटी सचिव लक्ष्मण खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष कृष्ण कडेल, नेपाल ट्रेड युनियन जिफन्ट प्रदेश नं ५ महासंघका अध्यक्ष हुमाकान्त काफ्ले, ज्ञानप्रसाद बस्याल, ब्यवसायीका तर्फबाट जीत बहादुर राना लगायतले मन्तब्य दिएका थिए । सोही अवसरमा नेपाल स्वरोजगार टेम्पो रिक्सा एण्ड ट्याक्सी यातायात सेवा प्रालिको स्टीकर समेत सार्बजनिक गरिएको थियो । नेपाल स्वरोजगार टेम्पो रिक्सा एण्ड ट्याक्सी यातायात सेवा प्रालिका नगर कमिटी अध्यक्ष ओमनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरवबहादुर रानाको स्वागत, र व्यवस्थापक मणि गैह्रेको संचालन रहेको थियो । हाल तिलोत्तमा नगर क्षेत्र भित्र ३०० को संख्यामा अटो, ट्याम्पो एंव ईरिक्सा ब्यवसायीहरू आवद्घ छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया